३१ श्रावण, काठमाडाैँ । नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षमा नेपाल टेलिकमले त्यति नाफा कमाएको हो ।
तर, टेलिकमको नाफा अघिल्लो आवको तुलनामा भने घटेको छ । टेलिकमले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको भन्दा टेलिकमको नाफा ७.८७ प्रतिशतले घटेको हो ।
टेलिकमको चुक्ता पुँजी १८ अर्ब रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख ९३ हजार रुपैयाँ रहेको रिपोर्ट सार्वजनिक भएको छ ।