३२ श्रावण, काठमाडौँ । काठमाडौँ तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो ।
लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । झण्डै रु. दुई अर्ब दुई करोड लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको उनले बताए ।
नेपाली सेनाको व्यवस्थापनमा काठमाडौँ–मधेश ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग निर्माण भइरहेको छ । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए । वि.सं. २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।