Trending:

देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ आइएमई पेबाट ट्राभल बुकिङमा १०० % क्यासब्याकको अफर विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई सिटिजन्सको मोबाइल एपमार्फत सेयरको आवेदन दिन सकिने ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट इन्ड्राइभ आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो ललितपुर महानगरले ल्याएको ‘एलएमसी गार्बेज अलर्ट’ के हो ? नेपालमा डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो सेफ्टी एम्बेस्डरहरूसँग छलफल मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा डेयुन अटोमेटिभ्सले उत्पादनलाई निरन्तरता दिने तीन दशकअघि बनेको कानुन संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक, कति पर्छ मूल्य? कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने हिरो मोटोकर्पको नयाँ सिरिज आउँदै, यस्ता छन् विशेषता गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक नेपालमा आयो टाटा म्याजिक बीएस–६ नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ? अकाउन्टिङलाई एआईमार्फत् रूपान्तरण गर्दै टिग सामसङ वान युआई ७ बेटा घोषणा हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’ सामसङको टिभी किन्दा ३१ प्रतिशतसम्म छुट इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा एक्सपेंग मोटर्स अब पोखरामा देशैभरी फोरजीको सेवा विस्तार गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता एससिटी–युपिआइ कार्डधारकहरूले सिभिल मलमा निःशुल्क पार्किङ गर्न पाउने सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न सञ्चारमन्त्रीको आग्रह डिशहोमको इन्टरनेट जोड्दा तीन महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर ‘टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ’ बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो? काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड फिनल्यान्डमा गुगलको डाटा सेन्टर विस्तार रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’ नेपालका चार आसीईटी कम्पनी एपिक्टा अवार्ड्स-२०२४ मा प्रतिस्पर्धा गर्दै वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने
अपडेट

कम्प्युटर इन्जिनियरको व्यावसायिक बाख्रापालन

कम्प्युटर इन्जिनियरको व्यावसायिक बाख्रापालन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

३ भदाै, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन्।

भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्।

भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्किएक उनले यतिबेला बाख्रापालनबाट वार्षिक रु. १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएका छन्। “सुरुमा घरकै तरकारी बारी जोत्न हाते ट्रयाक्टर किने”, न्यौपानेले भने, “हाते ट्रयाक्टरको धेरै माग भएपछि आम्दानी पनि राम्रो भयो, त्यही आम्दानीबाट बाख्रापालन सुरु गरेको हुँ ।”

न्यौपानेले विसं २०७० मङ्सिरमा रु ७७ हजारबाट बाख्रापालन व्यावसाय सुरु गरेको बताए। “गाउँका कृषकको हातेट्रयाक्टरले खेतबारी जोतेर कमाएको रु ७७ हजारले तीनवटा बोयर माउ र एउटा बोयर बोका किनेर ल्याएँ, चारवटा स्थानीय जातका माउबाख्रा घरमै थिए”, उनले भने, “आठवटा बाख्राबाट भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरेर औपचारिकरूपमै व्यवसाय सुरु गरेँ ।”

न्यौपानेको बाख्रापालनमा करिब रु ८० लाखको लगानी पुगेको छ । उनीसँग हाल रु १६ लाखमा निर्माण गरिएको आधुनिक बाख्राको खोरमा शुद्ध अष्ट्रेलियन बोयर बोकासहित शुद्ध बोयर माउ र खरी जातमा बोयर क्रस एक सयवटा बढी माउ पाठापाठी छन् ।

न्यौपानेको फार्मबाट धेरैजसो बीउ उत्पादनका लागि बाख्रा बिक्री हुन्छ । यहाँ उत्पादित बाख्रा कास्की, पर्वत, धादिङ, पाल्पा, चितवन, रुपन्देहीबाट पश्चिम बर्दियासम्म र पूर्व झापासम्म निर्यात हुन्छ । फार्मबाट रु १५ हजारदेखि साढे दुई लाखसम्म पर्ने प्रतिबाख्रा बिक्री हुँदै आएका छन् ।

न्यौपानेले करिब एक सय रोपनी जग्गामा मेन्दुला, भटमासे, डिस्मोडियम, मुलेट्रो, सिग्नल, नेपिएर सिओ थ्रि, सिओ फोर, सुपरनेपिएर, राई खनियो, निमारो, चुलेत्रो, तेजपत्ता, कपुर, बडहर, टाँकी, सुडान, जै, वर्षिम, लुसर्न, स्टाइलो, इपिलिपी, किम्बु, ग्वाटेमाला, सितलचिनीलगायत विभिन्न प्रकारका घाँसखेती गर्नुभएको छ ।

खोर व्यवस्थापन राम्रोसँग नगरिए बाख्रामा धेरै रोग लाग्ने न्यौपानेले बताउँछन् । बड्क्यौलाबाट निस्कने अमोनिया ग्यासबाट बाख्रामा रुघाखोकी, आँखामा कचेरा लिने, तुहिने, थुनेलो, ख्याउटेलगायतका रोग लाग्ने गरेको उनको अनुभव छ ।

“भारतमा पढ्दै जागिर गर्थेँ, जति क्षमता प्रयोग गरे पनि जागिरमा हुने सीमित तलबले आर्थिक समृद्धि हुन सकिँदैन भन्ने लाग्यो”, न्यौपानेले भने “व्यवसायमा सही तरिकाले क्षमता प्रयोग गर्न सकिएमा आर्थिकरूपमा बलियो बन्न सकिन्छ भनेर कृषि पेसामा आबद्ध भएको हुँ ।”

“अनुदानको नाममा पैसा दुरुपयोग भयो, किसानलाई पैसामा होइन उत्पादनका आधारमा प्रविधिका लागि अनुदान दिनुपर्छ”, उनले, गाउँका कृषकका लागि बैंकमा कर्जा प्रक्रिया झन्झटिलो भयो, गाउँमा मेरो रु. एक करोडको लगानी छ, मैले ऋण पाउँदिन तर सहरमा घरघडेरी हुनेलाई मात्र ऋण दिइन्छ ।”

विदेशमा भएको प्रविधि नेपालमा भित्र्याउन सके कृषिमा अझ राम्रो हुने उनको विश्वास छ । बाख्रामा हाडनाता प्रजननमात्र रोक्न सके नेपाल सजिलै मासुमा आत्मनिर्भर बन्न सक्ने न्यौपानेकोे दाबी छ ।

“कृषि विशाल विज्ञान हो, अध्ययन–अनुसन्धान र प्रयोग राम्रो गर्न सकियो भने नेपाल कृषिमा छिट्टै आत्मनिर्भर बन्न सक्छ”, उनले भने । विदेशमा गर्ने श्रम नेपालमै खर्च गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी गर्न सकिने न्यौपानेको भनाइ छ । उनले फर्केपछि पनि नेपालमै गर्न सकिने काम रोज्न विदेशिएकालाई आग्रह गरे।

न्यौपानेकी श्रीमती उर्मिलाले श्रीमान्ले बाख्रापालन व्यवसायमा पाउनुभएको सफलताले निकै गर्व महसुस हुने गरेको बताए। “समाजमा उदाहरणीय बन्छु भन्ने अठोटका साथ बाख्रा पाल्न सुरु गरेका थिए”, उनले भने, “सुरुमा सशङ्कित बने पनि अहिले सबैको प्रशंसा पाएका छौँ ।”

हाल भूमिका कृषि तथा पशुपालन फार्म बाख्रापालक कृषकका लागि अध्ययन, अवलोकन र भ्रमणको माध्यम बनेको छ । न्यौपानेले बाख्रापालनबाट पाएको यो सफलताले आफूलाई आत्मसम्मान मिलेको बताए।

युवाका लागि नमूना बाख्रागाउँ अभियानका प्रमुख सचेतक सुुशील अर्यालले जिल्लामा बाख्रापालनको सम्भाव्यता राम्रो रहेको बताए । उनले आफूले सल्लाह दिएर सञ्चालन भएका फार्म जिल्लामा उत्कृष्ट भएको बताए । अर्यालले युवालाई स्वरोजगार बनाउने र जिल्लालाई खसीबोकामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाभित्र कृषि गर्न चाहने सबैलाई गाउँपालिकाको सहयोग रहने भनाइ व्यक्त गरे। उनले पालिकालाई स्वरोजगारउन्मुख बनाउन कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिएको बताए । पाण्डेले कृषकका समस्या र गुुनासा पहिचान गरेर निरन्तर समाधानको बाटोमा लागेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?