Trending:

रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
अपडेट

“कोडफ़ेस्ट” ह्याकाथोन २०२३ आयोजना गर्दै कोड फर चेन्ज !

“कोडफ़ेस्ट” ह्याकाथोन २०२३ आयोजना गर्दै कोड फर चेन्ज !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

विगत ६  वर्ष देखि प्रविधिको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्राविधिक क्षेत्रमा योगदान पुर्याउंदै आएको कोड फर चेन्जले गत वर्ष झैं यस वर्ष पनि अर्को एउटा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने भएको छ।

स्थापनाकाल देखिनै यसले देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै आइरहेको छ।

वर्षे पिच्छे फेरिने यसको नेतृत्व र कार्यकारी टिमले सधैँ केही नयाँ र उपयोगी काम गरिरहेका हुन्छन् भने फरक किसिमका कार्यक्रमको माध्यम बाट गैर प्राविधिक मानिसहरूलाई समेत देशको कुना काप्चामा पुगेर प्रविधिको ज्ञान बाँडिरहेका हुन्छन्।

गत वर्षको CodeFest मा विधार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको र केहि हदसम्म यसको योजनाले पनि सार्थकता पाएको कुरालाई आत्मसाथ गर्दै यस वर्ष अझ सुधार गरेर गत वर्ष जस्तै Code for Change ले “कोडफेस्ट” नामक राष्ट्रिय स्तरको ह्याकाथोन गर्ने योजना बनाइरहेको छ। कोडफेस्ट नेपालमा हुने सबैभन्दा ठुलो IT ह्यकाथोन हो, जसले आइटिका विद्यार्थीहरूलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोगहरू प्रदर्शन गर्न र त्यसका लागि एक्सपोजर अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

कोडफेस्ट २०२३ ले समाजमा सकारात्मक प्रभावहरू सुनिश्चित गर्न समाजका विभिन्न ठाउँमा रहेका समस्याको उजागर गर्दै समाधानको उपाए निकाल्न कोसिस गर्नेछ। उक्त कार्यक्रम ७  दिगो विकासका लक्ष्यहरू (SDGs) वरिपरि केन्द्रित चुनौतीहरूसँग रहने जानकारी गराइएको छ।

दिगो विकासका लक्ष्यहरु मध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदाहरुमा आधारित भएर उक्त सात थिममा यस वर्षको योजना रहेको आयोजक Code for Change का परियोजना प्रमुख कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त सात थिमहरु क्रमश: गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटि, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसन मा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरि गरिने प्रोजेक्ट हरुलाई छान्ने र विचमा प्रतिष्पर्धा गराई उत्कृस्ट टीमहरुलाई विशेष पुरस्कार सहित विभिन्न ठाउंहरुमा अवसर प्रदान गरिने छ। कोडफेस्ट  २०२३ को विजेता टिमले NPR ५०,०००/- सहित थप अन्य पुरस्कार प्राप्त गर्नेछ। यसै गरि पहिलो पदक (1st  runner up) विजेताले NPR २५०००/- र दोस्रो पदक (2nd runner-up) बिजेता NPR १५००० /- सहित थप अन्य पुरस्कार प्राप्त गर्नेछन।

साथै Top 3 टिमले निशुल्क होस्टिङ प्राप्त गर्नेछन भने सहभागी सबै टिमलाई होस्टिङ सेवामा ३०% छुट दिइनेछ । राम्रो Idea  लाई startup को लागि पनि आवश्यक प्रबन्ध मिलाइनेछ।

CodeFest ह्याकाथोनको प्रारम्भिक तयारि शुरु भई दर्ता प्रक्रिया सम्म अगाडी बढिसकेको छ भने यसमा सबै किसिमका विधार्थीहरुले आफ्नो टिम बनाएर दर्ता गराउन सक्नेछन। एउटा टिममा कम्तीमा २ जना र बढिमा ४ जना सहभागी हुन पाउनेछन, भने सहभागीहरु नेपालको जुनसुकै कलेजमा पनि bachelor अध्ययन गरिरहेको हुनु पर्ने छ।टिम दर्ता शुल्क प्रती टिम NPR २०००/- रहेको छ भने टिम काठमाडौ आइसकेपछी  hackathon समयावधिसम्म सम्पुर्ण सहभागीहरुको लागि  बस्न र खानाको व्यवस्था आयोजक ले नै गर्ने भएको छ।उक्त ह्याकाथोन नेपालका सातै वटा प्रदेशहरुमा सेप्टेम्बर को १८ देखि २५ सम्म गराइनेछ भने प्रदेशबाट छानिएर आएका ७ टिमको प्रतिष्पर्धा भने देशको राजधानी काठमाण्डौमा अक्टोबार ६,७ र ८ मा आयोजना गरिने शुरुवाती प्रक्षेपण गरिएको छ।

इच्छुक विधार्थीहरुले यहाँ क्लिक गरि आजै आफ्नो टिम दर्ता गराउन सक्नुहुनेछ।

https://bit.ly/CFC_Codefest2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?