Trending:

विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप प्रकाश प्रदूषणको चपेटामा सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक सरकारी कर्मचारीलाई साइबर सुरक्षा सम्बन्धी एडभाइजरी जारी भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक, यस्ता छन् फिचर इसेवा १६ औँ वर्षमा प्रवेश, थपिए यस्ता सुविधा निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा केई एक्स–३ प्रो अब ९९ किलोवाटमा, सुरुवाती मूल्य कति ? सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, मूल्य कति ? आईएमई पेमा रकम प्राप्त गर्दा ५ सय रुपैयाँ बोनस माउन्टेन इभी र टिएमआई प्रयोगकर्ताका लागि विशेष अफर सामाजिक सञ्जालमा कडाइ गर्ने सरकारको तयारी, विधेयक संसदमा ल्याउँदै गण्डकी प्रदेशमा चिनियाँ दूतावासद्वारा स्मार्ट कक्षा शुरु चाबहिलमा खुल्यो ओमोडा र जेकुको शोरूम घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा फेरि चल्न थाल्यो टिकटक पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने अमेरिकामा टिकटक बन्द एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटक प्रतिबन्धविरुद्धको अपिल खारेज राइड सेयरिङ एप ‘सजिलो’मा जोडिए क्याप्टेन विजय लामा आग्रह भारत मोबिलिटी एक्सपोमा ५० नयाँ गाडी सार्वजनिक आईएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण नाडामा आउँदै दिपल एल ०७ प्रिमियम ईभी सेडान थाईल्यान्डमा नम्बर वान नेटा, नेपालमा कस्तो छ अवस्था ? रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न टिकटकलाई एलन मस्कले किन्न लागेका हुन् ? नेपाल टेलिकमका ग्राहक २ करोड ३० लाखभन्दा बढी सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन चीनले सञ्चालनमा ल्यायो ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’को हरेक बुकिङमा आकर्षक उपहार कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत नेपालपे क्युआरको अन्तरदेशीय भुक्तानी सहकार्य सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’ थाईल्यान्डमा नेटाको उपस्थिती कस्तो छ ? सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा अमेरिकामा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा फ्याक्ट चेकिङ प्रोग्राम बन्द विद्युत् नियमन आयोगको ‘डीएमएस’ सञ्चालनमा भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो मोबाइल प्रयोगकर्ताको तथ्यांकमा बिलिङ प्रणालीका उत्पादक र बिक्रेतालाई पहुँच नदिनू: सर्वोच्च अदालत राइड सेयरिङ ‘सजिलो’मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल ताजा रगत खोज्न ‘मोबाइल एप्स’ सार्वजनिक एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी साइबरको माध्यमबाट ७८ लाख लुटियो
अटो टेक

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१९ भदौ, चितवन । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् ।

चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौंडा–वीरगञ्ज र नारायणगढ–काठमाडौंका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार महानगर यातायात प्रालिले छ सवारी नारायणगढ–काठमाडौंका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाडौंका लागि सञ्चालन भइरहेका छन् ।

राज्यले विद्युतीय सवारीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताए । वातावरण प्रदूषण नहुने भएकाले पनि यस प्रकारका सवारी उपयुक्त हुने उनको भनाइ थियो । डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय सवारीसाधन सञ्चालन गर्दा मितव्ययीता समेत हुने उनले बताए ।

हाल सञ्चालनमा आएका सवारीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको जनाउँदै बोहोराले गाडी एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताए ।

चालकसहित ११ जना अट्ने सवारी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमारा जाँदै गर्नुभएका यात्रु लोक खड्काले बताए । डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उनको भनाइ थियो । सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय सवारी रोज्ने गरेको उनले बताए ।

नारायणगढबाट वीरगञ्ज जान लागेका अप्रोज आलमले आफूले पहिलो पटक विद्युतीय सवारी चढ्न लागेको भन्दै फरक महसुस गरेको बताए । गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलो पटक विद्युतीय सावारी चढ्दाको अनुभवसहितको यात्रा आरादायी हुने उनले विश्वास व्यक्त गरे ।

चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने जनाउँदै यो यात्रुको पहिलो रोजाइँमा पर्ने बताए । डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उनको भनाइ थियो । उनका अनुसार भरतपुरबाट हेटौंडासम्म पुगेको दुई सय ८० रूपैयाँ, वीरगञ्जसम्मको चार सय रूपैयाँ र नारायणगढ–काठमाडौंको भाडा पाँच सय रूपैयाँ भाडादर रहेको छ ।

सत्तरी प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस सवारी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताए ।

‘यसको मुख्य समस्या चार्जिङको हो । सरकारले ठाउँठाउँमा चार्जिङ पोइन्ट बनाइदिने हो भने यस्ता सवारी सञ्चालन गर्न थप सहज हुँदै जानेछ”, उनले भने । एउटा सवारी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेशनमा रहेका चार्जिङ पोइन्टको सङ्ख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उनले बताए ।

नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको सवारीका चालक वृज किशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको बताए । मुनाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उनले गुनासो गरे । डिजेल गाडीकोभन्दा यो गाडीकोे पिकअपसमेत राम्रो रहेको उनको भनाइ थियो ।

नारायणगढ–हैटौंडा रुटमा सवारी चलाउने कृष्ण बस्ताकोटीले पनि विद्युतीय सवारीको सबै पक्ष राम्रो भए पनि चार्जिङ पोइन्टकै समस्या हुने गरेको बताए । सवारीको सङ्ख्या बढ्दै जाँदा चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ पोइन्ट हुनुपर्ने उनको माग थियो ।

जिल्लामा पछिल्लो छ महिनादेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् । ११ सिट क्षमता भएको सवारी खरिद गर्दा रू ४४ लाख हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?