Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

वीर अस्पतालमा कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार सुरू

वीर अस्पतालमा कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार सुरू
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

२४ भदाै, काठमाडौँ । वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट (यो सानो इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसको श्रवण सुधार गर्न मद्दत गर्छ) मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको हो ।

“कतिपय बहिरोपन (श्रवण शक्ति न्यून) रहेका बिरामीले कानमा डिभाइस (यन्त्र) लगाएर सुन्न सक्नुहुन्छ । कानको सुन्ने क्षमता अत्यन्त कम भएका, शल्यक्रिया गरेर पनि सुन्न नसक्ने बिरामीलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सकिने बनाउने सेवा हो”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले भने ।

कुनै कान नसुन्ने वा बहिरोपनलाई शल्यक्रिया वा कुनै मेसिन लगाएर सुन्न सकिने बनाउन सकिने जनाउँदै उनले कान सुन्दै नसुन्ने बिरामीलाई शल्यक्रिया वा यन्त्र प्रयोग गर्दा पनि प्रभावकारी नभएमा कोक्लियर प्रत्यारोषण गरेर सुन्न सक्ने बनाउने बताए । वीरमा हालसम्म दुई जनाको कोक्लियर इम्प्लान्टमार्फत उपचार गरी कान सुन्न सक्ने बनाइएको डा श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुवै जनाको प्रत्यारोपणका लागि कोक्लियर निर्माण कम्पनीले रू १० लाख बराबरको यन्त्र सहयोग गरेको हो ।

“एक जना १८ वर्षीया युवतीमा १४ वर्षदेखि राम्रोसँग कान नसुन्ने समस्या थियो । उहाँको मिर्गौला फेल भएपछि दुवै कान सुन्न छाडिन्”, डा श्रेष्ठले भने, “अर्का ६० वर्षीय वृद्धाले कोरोना सङ्क्रमण भएपछि दुवै कान सुन्न छाडेका थिए । उहाँहरुलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सक्ने बनाएका छौँ ।”

अहिले परीक्षणको रूपमा दुई जनाको सफल उपचार गरिएको बताउँदै उनले केही प्राविधिक समस्या रहेकाले उक्त समस्या समाधान गरेपछि कोक्लियर प्रत्यारोपणलाई निरन्तरता दिने जानकारी दिए । यसअघि त्रिवि शिक्षण अस्पतालमा पनि कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर कान सुन्ने बनाउने गरिएको थियो ।

शिक्षण अस्पतालमा उक्त सेवाका लागि सरकारले बिरामीलाई रू छ लाख आर्थिक सहयोग गर्ने गरेको छ । बाँकी बिरामीले व्यहोर्नुपर्ने हुन्छ । डा.श्रेष्ठले वीर अस्पतालमा पनि चाँडै सरकारसँगको समन्वयमा कोक्लियर प्रत्यारोपण सुरु गरिने बताए । उनका अनुसार ‘भेरिया टेक्निक’ अपनाएर गरिने प्रत्यारोषणमा एक घण्टामा बिरामीको शल्यक्रिया गरेर कोक्लियर इन्प्लान्ट राखिन्छ ।

के हो कोक्लियर प्रत्यारोपण ?

“हाम्रो कानमा बाहिर, मध्य र भित्री भाग गरेर तीन भाग हुन्छन् । कानको भित्री भाग ककलिया हुन्छ । ककलियाले बाहिरबाट आएको ध्वनि मोकानिकल इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर ब्रेन (दिमाग) मा पुर्‍याउने गर्दछ । अनि हामीले केही कुरा सुन्छौँ । हामीले सुन्ने कानले नभई दिमागले हो । ककलिया भित्र खराबी, नशामा खराबी आयो भने साउण्ड इनर्जी दिमागसम्म जान बन्द हुन्छ र मानिसले कान सुन्न छाड्छ”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले भने ।

कान नसुन्ने अलिअलि समस्या भएका बिरामीलाई यन्त्र (मेसिन) इयरफोन लगाएर सुन्न सक्ने बनाइने उनले बताए । कान धेरै नै नसुन्ने वा यन्त्रले काम नगर्ने समस्या भएका बिरामीका लागि कोक्लियर प्रत्यारोषण प्रभावकारी हुने उनको भनाइ थियो । जन्मिनेबित्तिकै कतिपय मानिस नसुन्ने समस्या लिएर जन्मिने जनाउँदै डा श्रेष्ठले बच्चा ६ वर्षको हुँदासम्म कान सुनिसक्नुपर्ने जानकारी दिए । यदि ६ वर्षसम्म पनि बच्चाले सुन्न र बोल्न सकेन भने सधैँभरि नसुन्ने र नबोल्ने समस्या हुने उनले बताए ।

“छ वर्षको उमेरपछि जुनसुकै प्रविधि प्रयोग गरेर उपचार गरे पनि त्यो मानिसले आवाज बुझ्दैनन् र आवाज नबुझेपछि बोल्न सक्दैनन्”, नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले भने, “जसले सानैदेखि वा छ वर्षको उमेरसम्म पनि सुन्न सक्दैन त्यस्ता बच्चालाई छ वर्ष अगाडि नै कोक्लियर इम्प्लान्टको प्रत्यारोषण गर्नुपर्दछ । यसले सामान्य बच्चाजस्तै सुन्ने सक्ने बनाउँछ ।”
कोक्लियर इम्प्लान्ट इलेक्ट्रोनिक उपकरण भएको डा.श्रेष्ठले भने । “यो उपकरण प्रत्यारोपण गर्दा कानको पछाडिको बाहिरी भागमा शल्यक्रिया गरी छालामुन्तिरको हड्डीमा यन्त्र राख्दछौँ र त्यो यन्त्रले मोकानिकल इनर्जीलाई इलेक्टिकल इनर्जीमा रुपान्तरण गर्दछ”, उनले भने ।

के कारणले कान सुनिदैन
‘मेनेजाइटिक्स’, कोभिड–१९, मिर्गौला र अन्य विभिन्न कारणले कान नसुन्ने समस्या आउने गरेको अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले बताए । उनले कोक्लियर इम्प्लान्ट प्रविधि महँगो भएको जनाउँदै यसको प्रत्यारोषणका लागि रू १० लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिए ।

डा श्रेष्ठका अनुसार नेपालमा १७ प्रतिशतमा बहिरोपनको समस्या छ भने पटक्कै कान सुन्न नसक्नेको तथ्याङ्क सरकारसँग छैन । “अस्पतालमा पटक्कै कान नसुन्ने बिरामी धेरै नै आउने गरेका छन्”, उनले भने, “हामीले उपचार सेवा अहिलेसम्म दिन सकिरहेका थिएनौँ । अब यस प्रविधिबाट सेवा लिन चाहनेलाई सहज हुनेछ ।”

वीर अस्पतालभन्दा अगाडि त्रिवि शिक्षण अस्पताल यसको प्रत्यारोपण सुरु गरेको भन्दै त्रिविमा बिरामीको चाप निकै बढेको डा श्रेष्ठले बताए । “पैसा भएर पनि मानिसले उपचार पाएका छैनन् । पैसा हुने मानिस भारतलगायत विदेशमा गएर कोक्लियर प्रत्यारोपण गरिरहेका छन्”, उनले भने । अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बहिरङ्ग विभागमा धेरै बिरामी कान तथा श्रवणसम्बन्धी समस्या लिएर आउने गरेका बताए । उनका अनुसार शिक्षण अस्पतालमा सरकारले कोक्लियर इम्प्लान्ट राख्नका लागि बिरामीलाई रू छ लाख बराबर आर्थिक सहयोग गर्दै आइरहेको छ ।

अस्पतालका निर्देशक डा पौडेलले वीर अस्पतालले बिरामीको अवस्था हेरेर सुविधा थप गर्ने बताए । उनले सेवा÷सुविधा थप्ने गर्ने क्रममा कान नसुन्ने बिरामीलाई कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको बताउँदै अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहुलियतरूपमा उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?