Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

नेपालमा ओटिटीमा दर्शक छन् : अभिनेता लामिछाने

नेपालमा ओटिटीमा दर्शक छन् : अभिनेता लामिछाने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२४ भदाै, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढेको बताएका छन् । ओटिटीमा चलचित्रका साथै नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरूपमा बढेको उनले बताए ।

‘कोरोनाका समयमा विश्वबजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए पनि विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरलगायतले दर्शक पाएनन्], लामिछानेले भने । नेपालमा त्यस्ता एपमा पैसा तिरेर प्रयोग गर्नेको सङ्ख्या भारतको तुलनामा दोब्बर रहेको उनको भनाइ थियो ।

नेपालमा सन् २०१६ देखि सुरु भएको ‘सिनेमा घर’ लाई छिट्टै प्रतिफल पाउनेभन्दा पनि दीर्घकालीन सोचका साथ सुरु गरिएको लामिछानेले बताए। ‘भारतमा शुल्क तिरेर एपको प्रयोग गर्ने चार प्रतिशत छन् भने हामीकहाँ आठ प्रतिशत छन् । हामीले आउँदो समयलाई सोचेर यसको सुरुआत गरेका हौँ’, उनले भने, ‘सुरुआत गर्दा हामीले सब्सक्रिप्सनको सुविधा हटाएर निःशुल्क हेर्न मिल्ने बनाएका थियौँ । त्यो समयमा इन्टरनेटको पैसा माग्ने पनि हुनुहुन्थ्यो । अहिले युट्युबमा निःशुल्क चलचित्र हेर्ने दर्शकलाई ओटिटीमा केही हदसम्म ल्याउन सफल भएका छौँ ।’

अहिले विश्वले नेपाली चलचित्रलाई हेर्न चाहेको बताउँदै त्यसका लागि पनि ओटिटी आवश्यक रहेकामा अभिनेता लामिछानेले जोड दिए । ‘अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा हाम्रा चलचित्र छानिएका छन्, प्रदर्शन हुँदैछन् । हाम्रो कलाकार केही अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुँदैछन्’, उनले भने, ‘हाम्रा कथा विश्वले हेर्न चाहेको यो स्पष्ट सङ्केत हो । ओटिटीले त्यस्ता चलचित्रलाई विश्वभरका दर्शकसम्म पुर्‍याउँछ ।’

नाट्यकर्मीबाट अभिनेता बनेका लामिछाने अभिनित ‘बधशाला’, ‘टलक जङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘पानीफोटो’ लगायतका चलचित्र दर्शकमाझ परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?