Trending:

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना
अपडेट

डिजिटल प्रविधिसँगै नेपाली चलचित्रमा भएको परिवर्तन

डिजिटल प्रविधिसँगै नेपाली चलचित्रमा भएको परिवर्तन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२६ भदाै, काठमाडाैँ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेका छन् । नेपालमा चलचित्रका क्षेत्रमा डिजिटल प्रविधिको सुरुआत भूषण दाहालले निर्देशन गरेको ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन गरेको ‘सानो संसार’ बाट भएको हो ।

यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ। डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको छ ।

यसको सुरुआतसँगै ‘प्रिन्टको डब्बा’ लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हटेको निर्माता अशोक शर्माले बताए । “यसले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सहजता दिएको छ”, उनले भने, “सोही कारण काठमाडौँमा प्रदर्शनका निमित्त पालो पर्खिएका चलचित्रको लाइन घटेको छ ।” सन् २००७ मा डिजिटल सिनेको सुरुआत गरेको उनले स्मरण गरे । प्रदर्शक, वितरक र निर्माताको समूह बनाएर सुरु गरिएको डिजिटल प्रविधिलाई नेपालभर पूर्णता पाउन झन्डै एक दशक लाग्यो ।

“नेपाली चलचित्रलाई सहरिया क्षेत्रमा हेरिने दृष्टिकोणसँगै स्तरीय प्रदर्शनीका लागि डिजिटल प्रविधि आवश्यक थियो । अष्ट्रेलियन प्रविधि खर्चिलो हुने भएपछि भारतीय प्रविधि ‘युएफओ’सँग सहकार्य गरेर सुरु गरेका हौँ”, निर्माता शर्माले भने, “सुरुआती समयमा डिजिटल प्रविधिमा चलचित्र निर्माण सहज होस् भनेर क्यामेरा ल्यायौँ । यस प्रविधिमा निर्माण गरिने चलचित्रलाई केही रकमसमेत सहयोग गर्न थाल्यौँ । हल सञ्चालकलाई भविष्य देखाएर प्रविधि जडान गर्न हौसायौँ ।”

अहिले विश्वभर एकसाथ चलचित्रको प्रदर्शन यही प्रविधिले गर्दा सम्भव भएको उनको भनाइ थियो । “नेपालमा अहिले पूर्णतया डिजिटल प्रविधिमा निर्माणदेखि प्रदर्शनसम्म हुने गरेको छ”, शर्माले भने, “पहिला मोफसलमा प्रदर्शन भएर पुरानो भइसकेका प्रिन्ट काठमाडौँमा प्रदर्शन हुँदा प्रिन्ट कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत बिग्रिएको अवस्थामा काठमाडौँ भित्रिने हुँदा सहरिया दर्शकलाई आकर्षण गर्न सकेको थिएन् ।”

डिजिटल प्रविधिसँगै एकसाथ देशभरका हलमा चलचित्र प्रदर्शन हुन् थालेपछि निर्माता तथा निर्देशकमा उत्साह थपिएको शर्माको भनाइ थियो । डिजिटल प्रविधिमा चलचित्र निर्माण र प्रदर्शन सहज भएपछि नियमितभन्दा फरक कथा र कलाकारले आफूलाई प्रस्तुत गर्ने मौका पाएका उनले बताए ।

नयाँ र आधुनिक प्रविधिको प्रयोगका कारण प्रदर्शन लागत घट्नुका साथै समयको बचत हुने भएकाले चलचित्र निर्माताको सङ्ख्या बढेको नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । प्रदर्शकसँगै निर्माण र वितरणसमेत रहेका महर्जनले प्रविधिको रुपान्तरणले चलायमान बनाउन मद्दत गरेको बताए ।

“निर्माताका साथै चलचित्रको सङ्ख्या पनि पहिलेको तुलनामा बढेको छ । प्रविधिले चलचित्र निर्माणदेखि प्रदर्शनसम्म सहजता थपेको छ”, उनले भने । एकै किसिमका चलचित्र हेरिरहेका दर्शकलाई फरक विषय र शैलीका चलचित्रले हलसम्म ल्याउन सफल भएको महासचिव महर्जनको भनाइ थियो ।

निर्माणसँगै चलचित्र भवनमा देखिएको सेवासुविधा र आधुनिकता पनि त्यसको कारण बनेको महर्जनको बुझाइ छ । उनका अनुसार बढिरहेका दर्शकले समाजसँग जोडिएको चलचित्र पर्दामा पाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?