© 2021-2024
२७ भदाै, एजेन्सी । एप्पलका नयाँ उत्पादनहरू सार्वजनिक भएका छन् । मंगलबार राती अमेरिकामा एक कार्यक्रम गरी एप्पलले आईफोन १५ सिरिजका विभिन्न मोडल र एप्पल वाच सार्वजनिक गरेको हो ।
आईफोन १५ मा गरिएको सबैभन्दा ठूलो परिवर्तन भने यसको चार्जर रहेको छ । आईफोन ५ देखि १४ सम्मका सिरिजमा प्रयोग गरिएको लाइटनिङ चार्जरको सट्टा अबको आईफोनमा टाइप-सी चार्जर रहने भएको छ । युरोपियन युनिनले कानुनमा नै बाध्यकारी बनाएपछि एप्पलले पनि आफ्नो उत्पादनको मोडल नै परिवर्तन गर्न बाध्य भएको हो ।
मंगलबारको कार्यक्रममा थप परिष्कृत चीप सहितको एप्पल वाच सिरिज समेत लन्च गरिएको छ ।
अर्को हप्तादेखि बिक्री सुरू गरिने आईफोनको नयाँ मोडल २०१२ पछि अल्टर्नेटिभ चार्जिंग पोर्ट सुविधा दिने पहिलो मोडल हो ।
एप्पलले अबका कुनै पनि सामानहरूमा छालाको प्रयोग नगर्ने बताएको छ । सन् २०३० सम्ममा कार्बन न्यूट्रल बन्ने बाचा अनुरूप कम्पनीले आफ्ना उत्पादनमा छालाको प्रयोग नगर्ने भएको हो ।
एप्पलका मालिक टिम कुकले नयाँ आईफोन १५ कम्पनीले बनाएको अहिलेसम्म कै उत्कृष्ट र सक्षम आईफोन भएकोब बताएका छन् ।
के छन् विशेषता ?
एप्पलले दिएको जानकारी अनुसार आईफोन १५ प्रो ९९९ डलर देखि नै उपलब्ध हुनेछ । तर, यसको स्टोरेज क्षमताको आधारमा मुल्य बढ्दै जानेछ । आईफोन १५ प्रो १२८ जिबी देखि १ टिबी स्टोरेज क्षमतामा उपलब्ध छ ।
त्यसैगरी, आईफोन १५ प्रो म्याक्स भने ११९९ डलरदेखि उपलब्ध हुने जानकारी दिइएको छ । प्रो म्याक्सको स्टोरेज क्षमता भने २५६ जिबीदेखि १ टिबीसम्मको रहेको छ ।