Trending:

एक्समा इलन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’ दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता जागिरकाे प्रलाेभनमा फेसबुक, ह्वाट्सएपमा लिङ्क पठाएर ठगी गर्ने क्रम बढ्याे स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच भएको अन्तर बैंक भुक्तानी सम्झौता सम्पन्न ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक एमएडब्लु वृद्धि चांगानको ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ ‘इनोभेसन क्याम्पस’ नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध जापान एयरलाइन्समा साइबर आक्रमण एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो बजाज फाइनान्स मेला २०२४ सुरु अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने भ्रामक समाचारको पछि इसेवाको अनुरोध क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ आइएमई पेबाट ट्राभल बुकिङमा १०० % क्यासब्याकको अफर विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई सिटिजन्सको मोबाइल एपमार्फत सेयरको आवेदन दिन सकिने ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट इन्ड्राइभ आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो ललितपुर महानगरले ल्याएको ‘एलएमसी गार्बेज अलर्ट’ के हो ? नेपालमा डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो सेफ्टी एम्बेस्डरहरूसँग छलफल मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा डेयुन अटोमेटिभ्सले उत्पादनलाई निरन्तरता दिने तीन दशकअघि बनेको कानुन संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक, कति पर्छ मूल्य? कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने हिरो मोटोकर्पको नयाँ सिरिज आउँदै, यस्ता छन् विशेषता गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक नेपालमा आयो टाटा म्याजिक बीएस–६
अपडेट

चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान

चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

चलचित्र विकास बोर्डले १० चलचित्रकर्मी र एक संस्थालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गरेको छ । संविधान दिवसको अवसर पारेर बोर्डले सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पु¥याएको भन्दै प्रदान गरेको पुरस्कारको राशि रु ५० हजार रहेको छ । आज सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर, अभिनेत्री मिथिला शर्मा, निर्देशक दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भामसँगै चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।

मन्त्री शर्माले सामाजिक रूपान्तरणमा चलचित्रकर्मीको महत्त्वपूर्ण भूमिका हुने भन्दै ठूलो पर्दामार्फत दर्शकलाई सुसूचित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवस्था फेरि पनि अवस्थामा परिवर्तन आउनु आवश्यक छ । समाजलाई सही गतिमा डो¥याउन चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्छ । अहिलेको अवस्था ल्याउन परिवर्तनकारी भूमिका निर्वाह गर्नुहुनेलाई हामीले सम्मान ग¥याँै ।” उहाँले आगामी दिनमा पनि चलचित्रकर्मीलाई विशेष अवसर पारेर सम्मानित र पुरस्कृत गर्ने बताउनुभयो । मन्त्री शर्माले सम्पूर्ण कलाकर्मीलाई मनोरञ्जनसँगै समाजलाई सही दिशामा डो¥याउने दायित्वलाई सम्झिएर अगाडि बढ्न आग्रह गर्नुभयो । पुरस्कृत व्यक्तित्वको तर्फबाट मन्तव्य राख्नुहुँदै कलाकार श्रेष्ठले कामको मूल्याङ्कन भएकामा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “नगद राशिसहितको पुरस्कारले पाउने व्यक्तिलाई ऊर्जा मिल्छ । बोर्डले आगामी दिनमा पनि चलचित्र र चलचित्रकर्मीको हितमा विभिन्न कार्यक्रम गर्नेमा विश्वस्त छु । यस क्षेत्रलाई सरकारले अगाडि बढ्न मद्दत गर्नुपर्छ ।” बोर्डले आगामी दिनमा चलचित्रकर्मीलाई प्रोत्साहन मिल्ने कार्यक्रमलाई निरन्तरता दिने बोर्ड अध्यक्ष भुवन केसीले बताउनुभयो । कार्यक्रममा निर्देशक लक्ष्मीनाथ शर्मा, अभिनेत्री चैत्यदेवी, बसुन्धरा भुसाल, लक्ष्मी गिरीलगायत उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?