Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
World News

नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने

नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

चिनियाँ कम्युनिष्ट पार्टी, युन्नान प्रान्त प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताउनुभएको छ । नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुग्नुभएका चङले नेपाल चीन मिडिया फोरमद्वारा आज आयोजित स्वागत समारोहमा नेपाल र युन्नान प्रान्तको भूगोल, तापक्रम, बोट बिरुवा, जनावर आदिमा समानता पाइने जनाउँदै न्यू मिडिया आदिमार्फत नेपाल चीन दुवैको पर्यटन विकास गर्न गृहकार्य गरिने जानकारी दिनुभयो ।

उहाँले ससाना भिडियो, चलचित्र आदि बनाएर नेपाल र चीनको युन्नानलगायत क्षेत्रको इतिहास, संस्कृति र जनजीवनबारे प्रचारप्रसार गर्न पहिलो चरणमा मिडियाबाट काम गरिने बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को नेपाली प्रतिनिधिमण्डल र नेपाली नागरिकलाई फलफूल, फूललगायत बोट बिरुवा, तरकारी, चिया उत्पादन आदिको राजधानी मानिएको युन्नानमा पनि भ्रमण गर्न आग्रह गर्नुभयो । युन्नान सूचना कार्यालयका नायब महानिर्देशकलाई योङले बिआरआइअन्तर्गत चीन र लाओसबीच रेलवे सेवा सञ्चालनमा आएको र यसबाट लाओसीहरूको जीवनस्तर एकदमै बढेको जनाउँदै आगामी दिनमा नेपाललगायत दक्षिण एसियाका पत्रकारलाई तालिम दिइने र भिडियो आदि बनाउन सहकार्य गरिने बताउनुभयो । चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बेल्ट एन्ड रोड इनिसियटिभ आरम्भ भएको १० वर्ष र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चौथो वर्ष प्रवेशका अवसरमा नेपाल र युन्नानका सरकारी पदाधिकारीलाई मिडिया क्षेत्रमा सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली पत्रकारका लागि चिनियाँ भाषा र तिनका सन्ततिलाई युन्नानमा व्यावसायिक सीप प्रदान गर्न प्रतिनिधिमण्डललाई आग्रह गर्दै यहाँ नेपाल, चीन, भारत र भुटानका पत्रकारको सम्मेलन गर्न पनि आह्वान गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले सत्र वर्षअघि चीनको भ्रमण गरेका नेपाली पत्रकारले स्वदेश फर्केपछि मिडिया फोरम खोलेको र यसले पुस्तक प्रकाशन, गोष्ठी आदि गरिरहेको तथा यसै संस्थामार्फत हालसम्म पाँच सय पत्रकार, बुद्धिजीवी, पूर्वमन्त्रीले उत्तरी छिमेकी देशको भ्रमण गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आठ दिनसम्म चीनमा रहने र त्यसले कैलाश मानसरोवरको पनि भ्रमण गर्ने बताउनुभयो ।

पूर्वराजदूत कमलप्रसाद कोइरालाले चीनको प्रगतिबाट नेपाललाई धेरै फाइदा हुने विश्वास व्यक्त गर्नुभयो भने पत्रकार पुष्पराज प्रधानले चीनले नेपालमा अहस्तक्षेपका साथ विकासका लागि सहयोग गरिरहेको जनाउँदै नेपाली चीनको सहायता आएको हेर्न इच्छुक रहेको विचार व्यक्त गर्नुभयो । प्रतिनिधिमण्डलले सो साप्ताहिकको सम्पादन र अनलाइन कक्षको पनि अवलोकन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?