Trending:

‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा
अपडेट

जलस्रोत अनुसन्धान केन्द्रद्वारा पहिरो पूर्वसूचना प्रविधिको नयाँ प्रयोग

जलस्रोत अनुसन्धान केन्द्रद्वारा पहिरो पूर्वसूचना प्रविधिको नयाँ प्रयोग
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौं । नेपालमा पहिरोको पूर्वसूचना दिने नयाँ प्रविधिको परीक्षण सफल भएको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । प्रयोगशालामा परीक्षण सफल भइसकेकाले यो प्रविधिलाई पहिलो चरणमा नागढुंगा सुरुङको पश्चिम भाग, सुन्दरीजलको खड्कागाउँ र तामाकोशी–५ हाइड्रोपावर क्याम्पको माथिल्लो भाग गरी तीन ठाउँमा जडान गरिँदै छ । भविष्यमा पहिरोको अन्य जोखिम क्षेत्रमा पनि विस्तार गर्ने योजना छ । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडीका अनुसार ताररहित यो प्रविधिले जमिनको कम्पन र स्लोप ढल्काइको संकेत पाउनासाथ खतराको संकेत स्वरुप साइरन बजाउँछ । साइरन बज्नासाथ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सकिन्छ । जमिनको कम्पन नाप्ने सेन्सरले स्वचालित रुपमा फिल्डमा नै खतराको संकेत स्वरुप साइरन बजाउने र जमिनबाट प्राप्त ढल्काइको डाटालाई कम्प्युटर सिस्टममा हेरेर र विश्लेषण गरेर पूर्व सतर्कता अपनाउन सकिने दोहोरो सुविधा भएकाले यो प्रविधिमार्फत् पहिरोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको दवाडीले बताइन् । ‘यस प्रविधिको सफल परीक्षण भएसँगै पहिरोको पूर्वसूचना दिने प्रविधिको क्षेत्रमा अझ थप अनुसन्धान गरी आगामी दिनहरुमा यस्तो प्रविधि विस्तार गर्दै जाने योजनामा छौं,’ जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक दवाडीले भनिन्, ‘यस प्रविधिको प्रयोगले पहिरोबाट हुनसक्ने सम्भावित दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास छ ।’ गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २०७९ सालको मनसुनजन्य विपदका घटनासहितको प्रतिवेदनअनुसार सो वर्ष पहिरोका सबैभन्दा धेरै ३१० वटा घटनाबाट ९२ जनाको मृत्यु भएको थियो । १७ जना वेपत्ता, ८० जना घाइते र १ हजार ९६८ परिवार पहिरोबाट प्रभावित भएका थिए ।

हेर्नुहोस् पहिरो पूर्वसूचना प्रविधिको नमूना परीक्षण:-

त्यसैले बाढीको पूर्वसूचना जस्तै पहिरोको पनि पूर्वसूचना प्रवाहका लागि सरकारी निकायहरु क्रियाशील छन् । सोही क्रियाशीलता अन्तर्गत देशका विभिन्न क्षेत्रका पहिरो जोखिम क्षेत्रबाट आएको अनुरोधको आधारमा पहिलो चरणमा नागढुंगा सुरुङको पश्चिम भाग, सुन्दरीजलको खड्का गाउँ र तामाकोशी–५ हाइड्रोपावर क्याम्पको माथिल्लो भाग गरी तीन ठाउँमा पहिरोको पूर्वसूचना प्रविधिको प्रयोग गर्न लागिएको केन्द्रका सीडीईजी डा। अनन्तमान सिंह प्रधान बताउँछन् ।

कस्तो छ पहिरोको पूर्वसूचना दिने नयाँ प्रविधि ?

यसअघि प्रयोगमा आएको प्रविधिमा सेन्सरले जमिनको विभिन्न डाटा मापन गरी सर्भरमा पठाउने र सर्भरले थ्रेसहोल्डको विश्लेषण गरी साइरनलाई सूचना दिने हुँदा कम्तिमा तीन मिनेटपछि मात्र खतराको सूचना प्राप्त हुन्थ्यो । तर अहिलेको नयाँ प्रविधिमा भने सेन्सरले नै थ्रेस होल्डको विश्लेषण गरी साइरनलाई सूचना दिने हुँदा रियल टाइममै छिटो र थप प्रभावकारी रुपमा सूचना सम्प्रेषण हुने डा. प्रधानको भनाइ छ । उनका अनुसार यस प्रविधिमा जमिनको कम्पन र झुकाव नाप्न छुट्टाछुट्टै दुई किसिमका सेन्सरहरु प्रयोग गरिएको छ । एउटा सेन्सर पहिरोको अति प्रभावित क्षेत्रको जमिनमा राखिन्छ । त्यसले प्रत्येक निर्धारित समयमा जमिनको झुकाव मापन गरी सर्भरमा डाटा पठाउँछ । सो डाटा कम्प्युटरमा हेरेर त्यसको विश्लेषण गरी पहिरो जानसक्ने अवस्थाको पूर्वपहिचान गर्न सकिन्छ । अर्को सेन्सरले भने पहिरो जानुपूर्व जमिनमा प्रवाह हुने पहिलो सुक्ष्म कम्पनको मापन गरी वस्ती नजिक राखिएको साइरनलाई सूचना दिन्छ र तुरुन्तै साइरन बज्दछ । उक्त सेन्सर जमिनको कम्पन नापेको एक सेकेण्डभन्दा पनि द्रुत गतिमा साइरन बज्ने गरी डिजाइन गरिएको छ । पहिरोको पूर्वसूचना दिने यो प्रविधि स्थापना गर्ने जिम्मा कन्सल्टेन्सी जियोकम इन्टरन्यास्नल, पेम्स र इनोभेटिभ इन्जिनियरिङ सर्भिसेजको जे।भी।ले पाएका हुन् । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले तयार पारेको स्पेसिफिकेसन अनुसार ६ महिना लगाएर नयाँ किसिमको पहिरोको पूर्वसूचना दिने प्रविधि तयार पारिएको जेभीबाट अध्ययनमा संलग्न इन्जिनियर तथा इनोभेटिभ इन्जिनियरिङ सर्भिसेजका प्रवन्ध निर्देशक अनुप खनालले जानकारी दिए ।खनालका अनुसार यस प्रविधिको डिजाइन तथा निर्माण नेपाली अध्ययन टोली र अमेरिकी कम्पनीको संयुक्त प्रयासमा गरिएको हो । यस प्रविधिमा प्रयोगमा आएका सम्पूर्ण उपकरणहरु स्वचालित र ताररहित छन् । उनका अनुसार सेन्सर र साइरनबीचको दुरी एक किलोमिटर टाढासम्म राखेर यसलाई प्रयोग गर्न सकिन्छ ।

यसअघि भएका परीक्षण :-

भूगर्भविद शिवकुमार बास्कोटाका अनुसार पहिरोले सधैं पूर्वसंकेत नदिए पनि कहिलेकाहिँ पूर्वसंकेत देखिन्छ । जस्तै जमिनमा चिरा परेको देखियो भने, जमिनबाट कटकट आवाज आयो भने, रुख वा बिजुलीका पोलहरु ढल्किए भने, पानीका मुहानहरु अस्वाभाविक रुपमा सुक्ने, नयाँ मूल देखा पर्ने, भइरहेका मूलमा धमिलो पानी आउने, भिरालो जमिनबाट ढुंगा माटो खस्ने, घरका झ्याल–ढोका खोल्न–बन्द गर्न एक्कासी गाह्रो हुने भएमा ती पहिरोका पूर्वसंकेतहरु हुन् । यस्ता कुनै संकेत देखिएका सतर्कता अपनाउनुपर्ने भूगर्भविदहरु बताउँछन् । पहिरो जानुअघिको अवस्था पत्ता लगाउन यसअघि भूकम्प प्रभावित गोरखा र दोलखामा उपकरणहरु जडान गरिएका थिए । दोलखाको कालिञ्चोक गाउँपालिकाको सुन्द्रावती गाउँमा अध्ययनको क्रममा प्रयोग गरिएको पहिरोको पूर्वसूचना प्रणालीबाट २०७५ साउनमा ११७ घरका झण्डै ५ सय जनालाई सुरक्षित स्थानमा सार्न मद्दत मिलेको थियो । सो अध्ययनमा संलग्न ललितपुरको पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डा। वसन्तराज अधिकारीका अनुसार पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई मोबाइल फोनमा एसएमएसमार्फत् सूचना पठाएर सुरक्षित गरिएको थियो । यसैगरी गोरखाको खानी गाउँमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको सहयोगमा राम–लक्षण रिमालले पनि पहिरोको पूर्वसूचना दिने प्रविधि परीक्षणका लागि जडान गरेका थिए । तर त्यसलाई पछि नियमित प्रयोगमा ल्याउन नसकिएको नाष्टका प्रवक्ता डा. रविन्द्र ढकालले जानकारी दिए । विगतका प्रयोगहरुको समेत पुनरावलोकन गरी अहिले नयाँ प्रविधिको डिजाइन गरिएको केन्द्रकी कार्यकारी निर्देशक दवाडीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?