Trending:

‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा
अपडेट

आइफोन १५ किन धेरै तात्छ ? एप्पल यसो भन्छ

आइफोन १५ किन धेरै तात्छ ?  एप्पल यसो भन्छ
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

एप्पललको पछिल्लो मोडेल:  आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताहरुले फोन धेरै तातेको गुनासो गरिरहेका छन् । भर्खरै बजारमा आएको नयाँ आइफोन तातेको गुनासो आउनु एप्पलका लागि सुखद कुरा होइन । त्यसैले यसको कारणको खोजी गर्दै उपभोक्तालाई विश्वस्त बनाउने प्रयास पनि एप्पलले गरिरहेको छ । एप्पलका अनुसार आइफोनमा आईओएस १७ अपडेट गर्दा बग फेला पर्नुका साथै अन्य बाह्य एपहरुमा भएको परिवर्तनले सिस्टम ओभरलोड हुँदा आइफोन तातेको हो । आइफोन प्रयोगकर्ताले आफ्नो फोनको सुरुआती सेटअप तथा ब्याकअप राख्ने बेलामा अधिकतम प्रोसेसिङ पावरको प्रयोगका साथै धेरै समय काम गर्नुपर्दा फोन तातेको अनुभव गर्दछन् । तर आइफोन १५ मा भने यो समस्या धेरै देखिएको छ । आइफोन १५ सिरिजमा तात्ने समस्या धेरै देखिएको भन्दै प्रयोगकर्ताहरुले सोसल मिडियामा गुनासो गरिरहेका छन् । सुरुआती केही दिन डिभासको सेटअप गर्दा तथा रिस्टोर गर्ने क्रममा ब्याकग्राउण्डका गतिविधिमा वृद्धि हुने भएकाले फोन केही तातेको अनुभव हुनसक्ने एप्पलले जनाएको छ । एप्पलले भनेको छ, ‘हामीले आइफोन अपेक्षाभन्दा धेरै तात्नुका केही कारणहरु पहिचान गरेका छौं ।’

यस्ता कारणहरुमा एउटा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १७ मा रहेको बग हो भने अर्को आइफोनमा रहेका अन्य थर्ड पार्टी एपहरुमा हुने पछिल्लो अपडेट हो जसले सिस्टमलाई ओभरलोड बनाउने गरेको छ । आफुले ती समस्या समाधानका लागि एप डेभलपर्ससँग सहकार्य गरिरहेको र छिटै नै समस्याको समाधान हुने एप्पलले जनाएको छ । आइफोन १५ लाई बढी तताउनमा जिम्मेवार रहेका एपहरुमा सोसल मिडिया प्लाटर्फम इन्स्टाग्राम पनि रहेको छ । त्यस्तै ट्याक्सी खोज्ने एप उबरका साथै भिडियो गेम एस्फाल्ट ९ पनि जिम्मेवार रहेको एप्पलले जनाएको छ । साथै आइफोनको तात्ने समस्यालाई सम्बोधन गर्नका लागि आईओएस १७ को बग हटाउने कार्यले फोनको कार्यक्षमतामा भने कुनै असर नपर्ने एप्पलले प्रष्ट पारेको छ ।

त्यस्तै एप्पलले आइफोन १५ प्रो तथा आइफोन १५ प्रो म्याक्सको बाहिरी भागमा राखिएको टाइटानियम फोन तात्नुमा जिम्मेवार नरहेको पनि दाबी ग्रेको छ । त्यस्तै यूएसबी सी पोर्टका कारणले फोन तातेको हुनसक्ने अनुमानलाई पनि उसले खारेज गरेको छ । हाल देखिएको आइफोन तात्ने समस्या कुनै सुरक्षाजन्य तथा चोटपटक लगाउने जोखिम भएको विषय नरहेको भन्दै एप्पलले यसले फोनको दीर्घकालीन कार्यक्षमतामा असर नगर्ने एप्पलको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?