Trending:

बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री
अपडेट

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नु भएन ? यी पाँच तरिका अपनाउनुस्

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नु भएन ? यी पाँच तरिका अपनाउनुस्
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

एन्ड्रोइड प्रयोगकर्ताका लागि: एपहरु डाउनलोड गर्नका लागि गुगल प्ले स्टोर आधिकारिक एप स्टोर हो । कुनै पनि गेम तथा एप डाउनलोड गर्नका लागि हामी प्ले स्टोर नै खोल्दछौं । यद्यपि कहिलेकाहीँ प्रयोगकर्ताले एपहरु डाउनलोड गर्दा समस्या भोग्नु पर्ने हुनसक्छ । यदि तपाईंले पनि गुगल प्लेस्टोरबाट एपहरु डाउनलोड नहुने समस्या भोग्नुपरेको छ भने यो सामग्री उपयोगी हुनसक्छ । यी हुन् प्ले स्टोरबाट एप डाउनलोड नहुने पाँच समस्या र समाधानका उपायहरु:-

१. स्टोरेजमा कमी: यो सबैभन्दा सामान्य तथा सबैभन्दा ठूलो समस्या मध्येमा एक हो किनकि तपाईंलाई फोनमा कुनै एप डाउनलोड गर्नुपर्ने हुन्छ तर त्यसका लागि फोनमा भएका कुनै चिज डिलिट गरिहाल्ने अवस्था पनि हुँदैन । तथापि यस्तो अवस्थामा तपाईंले फोनमा भएका अन्य अनावश्यक एपहरु, फोटो, भिडियो वा कुनै ठुलो साइजको फाइल छानेर डिलिट गर्नुपर्छ र मात्रै नयाँ एप इन्स्टल गर्न सक्नुुहुन्छ । यदि तपाईंको डिभाइसले मेमोरी कार्ड सपोर्ट गर्दछ भने तपाईंले केही डाटा माइक्रोएसडी कार्डमा ट्रान्सफर गरेर पनि डिभाइसको सिस्टम मेमोरी खाली गरी एप डाउनलोड गर्न सक्नुहुन्छ ।

२. नेटवर्क कनेक्सनको समस्या: सुस्त तथा अस्थिर इन्टरनेट कनेक्सनले एप डाउनलोडको काममा बाधा उत्पन्न गर्दछ । यस्तोमा तपाईंले स्थिर अर्थात् राम्रोसँग निरन्तर चल्ने खालको वाइफाइ वा सेल्युलर डेटा कनेक्सन लिनुपर्दछ । यदि तपाईंले वाइफाइको प्रयोग गर्नुभएको छ भने आफ्नो राउटरलाई रिसेट गर्ने प्रयास गर्नुहोस् । अनि यदि मोबाइल डेटाको प्रयोग गर्नुभएको छ भने फोनमा पर्याप्त सिग्नल भएको कुरा सुनिश्चित गर्नुहोस् । पर्याप्त गति तथा निरन्तरको इन्टरनेट भयोभने मात्रै तपाईंले फोनमा कुनै समस्या रहित तरिकाले एप डाउनलोड गर्न सक्नुहुनछ ।

३. गुगल प्ले स्टोरमा जम्मा हुने क्यास तथा डेटाहरू: प्ले स्टोर एपमा संग्रहित क्यास तथा डेटाहरुले पनि समस्या पैदा गर्न सक्दछन् । त्यसैले यस्ता अनावश्यक चिजहरुलाई हटाउनु पर्दछ । त्यसका लागि Settings >Apps > Google Play Store>Storage मा गएर क्यास तथा डेटा हटाउनु पर्दछ । यसबाट प्रायः डाउनलोड सम्बन्धी समस्याहरु हल हुन्छन् ।

४. डिसेबल वा पुरानो प्ले स्टोर एप:   प्लेस्टोरको पूरानो तथा निस्क्रिय भर्सनले पनि एपहरुलाई डाउनलोड हुनबाट रोक्दछ । यसका लागि सबैभन्दा पहिले गुगल प्ले स्टोरको सबैभन्दा पछिल्लो भर्सन अपडेट गर्नुहोस् । यसलाई सक्रिय बनाउनका लागि Settings >Apps > Google Play Store मा गएर त्यसलाई Enable गर्नुपर्दछ ।

५. अकाउन्ट सम्बन्धी समस्या:  कहिलेकाहीँ गुगल अकाउन्टसँग सम्बन्धित समस्याका कारण पनि एप डाउनलोड गर्दा समस्या उत्पन्न हुनसक्दछ । यस्तो भएमा आफ्नो गुगल अकाउन्ट साइनआउट गरेर पुनः साइन इन गर्नुहोस् ।

यदि त्यसो गर्दा पनि प्ले स्टोरबाट एप डाउनलोड भएन भने आफ्नो डिभाइसबाट गुगल अकाउन्ट हटाएर पुनः अकाउन्ट जोड्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?