Trending:

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ? दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा हुँदै होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर अब ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरि नागरिक एपले ल्यायो नयाँ अपडेट पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुनेमा सरोकारवालाको जोड आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक युट्युबमा आम्दानी कसरी गर्ने आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट क्लासिक टेकको ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक
अपडेट

स्मार्टफोनको फिंगरप्रिन्टले काम गरेन ? यसरी समाधान गर्नुहोस्

२१ आश्विन २०८०, आईतवार १३:१८
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

स्मार्टफोनमा सेक्योरिटीका लागि हामी प्राय पासवर्ड तथा फिंगरप्रिन्ट लकको प्रयोग गर्दछौं । यसमध्ये फोनका डाटा सुरक्षित राख्नका लागि फिंगरप्रिन्ट लकलाई सबैभन्दा सुरक्षित तरिका मानिन्छ ।यद्यपि फिंगरप्रिन्टबाट फोनलाई सबैभन्दा छिटो र सजिलोसँग अनलक पनि गर्न सकिन्छ तथापि कहिलेकाहीँ फोनको स्रक्रिनमा आफ्नो फिंगरप्रिन्ट राख्दा पनि काम नगर्ने समस्या आउँदछ ।स्मार्टफोनको फिंगरप्रिन्ट स्क्यानरले राम्रोसँग काम नगर्दा फोन अनलक गर्न मुश्किल हुन्छ ।

त्यस्तो अवस्थामा फोनको फिंगरप्रिन्ट स्क्यानरको समस्या समाधान गर्नका लागि यी पाँचवटा ट्रिक उपयोगी हुन सक्दछन्:-

१. स्क्रिन तथा फिंगरप्रिन्ट सेन्सरलाई सफा गर्नुहोस्:-  स्क्रिन तथा फिंगरप्रिन्ट सेन्सरलाई सफा गर्नका लागि एउटा माइक्रोफाइबर कपडाको प्रयोग गर्न सकिन्छ । यदि तपाईंको फोनमा पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानर छ र फोनमा खोल हालेको छ भने त्यसलाई हटाएर मात्रै फिंगरप्रिन्ट स्क्यान गर्नुहोस् । किनकि फोनको खोलले फिंगरप्रिन्ट सेन्सरलाई छेक्न सक्दछ ।

२.फिंगरप्रिन्टको स्थानलाई ख्याल गर्नुहोस्:-  कहिलेकाहीँ हामी हतारमा फिंगरप्रिन्ट स्क्यानरको छेउछाउमा आफ्नो औंला राख्दछौं, जुन सही तरिका होइन । यसो गर्दा स्क्यानरले सही ढंगले औंलाको औंठाछाप पत्ता लगाउन सक्दैन र जसका कारण फोन अनलक हुँदैन । त्यसैले फोनलाई फटाफट अनलक गर्नका लागि औंलालाई सही तरिकाले स्मार्टफोनको फिंगरप्रिन्ट स्क्यानरमा राख्नुहोस् । त्यसो गर्दा आफ्नो औंला सफा तथा स्थिर पनि हुनुपर्दछ । औंलालाई धेरै दबाउने कोसिस पनि नगर्नुहोस् । यदि स्क्यानरले तपाईंको फिंगरप्रिन्ट पहिचान गर्नमा पटक पटक समस्या आएको छ भने त्यो तपाइँले आफ्नो फिंगरप्रिन्ट सही तरिकाले सेट नगरेकाले हुनसक्छ । त्यस्तोमा तपाईंले फोनको फिंगरप्रिन्ट सेटिंग्समा गएर पुनः आफ्नो फिंगरप्रिन्ट लक सेट गर्न सक्नुहुन्छ ।

३.वैकल्पिक फिंगरप्रिन्ट सेट गर्नुहोस्:-  कुनै कुनै मोडलका स्मार्टफोनहरुमा दुई वा सोभन्दा धेरै फिंगरप्रिन्ट सेट गर्न सकिने सुविधा हुन्छ । यस्तोमा तपाईंले फिंगरप्रिन्ट सेट गर्दा वैकल्पिक औंलाको औठाछाप पनि राख्न सक्नुहुन्छ ।

४.आफ्नो फोनको अपरेटिङ सिस्टम तथा सेक्योरिटी प्याचलाई अपडेट गर्नुहोस्:-  किनकि कहिलेकाहीँ सफ्टवेयर अपडेट गर्दापनि फिंगरप्रिन्ट सेन्सरमा देखिएका कतिपय सामान्य समस्याहरु समाधान हुन सक्दछन् ।

५.आफ्नो फोनलाई रि-बूट गर्नुहोस् :-  यदि फिंगरप्रिन्ट स्क्यानरले काम गरिरहेको छैन र माथि उल्लेखित सबै उपायहरु अपनाउँदा पनि समस्या समाधान भएन भने तपाईंले आफ्नो फोनलाई रि-बूट गर्न सक्नुहुन्छ ।

 

स्रोत :-  अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?