नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई टिकटक बन्द गर्न पत्राचार गरेको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटक तत्कालका लागि बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘सबै इन्टरनेट प्रदायक संस्थाहरू र टेलिकमलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं । अबको २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ ।’
उहाँका अनुसार टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठक ले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
Source: Newspolar