Trending:

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
अपडेट

सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग

सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

पछिल्लो दशकमा विज्ञान तथा प्रविधिले संसारलाई अगाडि दोह्राहिरहेको छ। प्रविधिको विकास सँगै सामाजिक सञ्जालको विकास पनि बढेको छ। सामाजिक सञ्जालले मानिसलाई आपसमा जोड्ने काम गरेको छ। संसारका विभिन्न कुनामा छरिएर रहेका मानिसलाई संवादको लागि सजिलो बनाएको छ। कम्प्युटरलगायतमा वा ग्याजेटहरूको माध्यम बाट इन्टरनेटको सहायताले आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरूको आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेबसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो ।

सामाजिक सञ्जालको रुपमा अहिले संसारभर फेसबुक, , इन्स्ताग्राम, युटुव आदि संचालनमा छन्। यी सञ्जालहरू को प्रयोगकर्ता बढ्दो क्रममा रहेका छन्। फोर्ब्सले २०२३ को मे महिना मा प्रकाशित एक रिपोर्ट अनुसार २०२३ मा संसारभर ४.९ बिलियन मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गर्दछन्। उक्त रिपोर्टको अनुसार अर्को पाँच वर्षमा ५.८५ बिलियन मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गर्न अनुमान गरिएको छ । सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल मध्य फेसबुक रहेको छ जस्को सक्रिय प्रयोगकर्ता २.९ मिलियन रहेका छन्। फेसबुक पछि २.५ मिलियन प्रयोग कर्ताको साथमा युटुव दोश्रो स्थानमा रहेको छ। यस प्रतिवेदनको अ अनुसार संसारभर मानिसहरू औसत १४५ मिनेट दैनिक सामाजिक सञ्जालको प्रयोग गर्दछन्।

डाटारिपोर्टले को अनुसार नेपालमा २०२३ को सुरुवातीमा १५. ८५ मिलियन इन्टरनेट प्रयोगकर्ता रहेका छम जसमा १२. ६० मिलियन मानिस हरू सामाजिकको प्रयोग गर्दछन्। जनु नेपालको जनसङ्ख्याको ४१.० प्रतिशत हो। सामाजिक सञ्जालको विकास सँगै विभिन्न संजालहरुले सूचना आदान प्रदानमा छिटोछरितो गरेको छ। मानिसहरूले आफ्नो विचार तथा अभिव्यक्ति राख्न र सयौँ व्यक्ति सामु पुर्याउने माध्यम बनेको छ।

सञ्जालको प्रयोग आज मानिसको दैनिकी नै बनेको छ र व्यक्ति, परिवार,समुदाय,कार्यालय,व्यपार व्यवसाय लगायत सम्पूर्ण स्थानमा यसको प्रयोग बढ्दो छ। सामाजिक सञ्जालको प्रयोग सँगै यसको सकारात्मक पक्षको साथै चुनौतीहरू पनि थापिएको छ। आज मानिस सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्ति तथा विभिन्न बिचार हरू राख्नको लागि प्रयोग गरिरहेका छन्। धेरैको पहुँचमा रहेको र थोरै समयमा धेरै माझ्न पुग्ने हुनाले यो मञ्च विचार राख्नने थलोको रुपमा विकास हुँदै गएको छ। सामाजिक सञ्जाल खुल्ला स्थान जस्तै आफूले शेयर गरेका कुराहरू इन्टरनेटको कुना- कुनामा पनि छोटो समयमा पुग्न सक्दछ। कतिपयले आफ्नो बिचार राख्ने क्रममा गोपनीयता भंग पनि हुने गर्दछ। आफ्नो पहिचान र गोपनियताको लागि सामाजिक सञ्जालमा चुनैती बढेको देखिन्छ। कतिपय मानिसहरु आफ्नो व्यक्तिगत विवरण, तस्बिर, भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गर्दछन् तर गलत नियत भएका हरुले उक्त व्यक्तिगत विवरणको दुरुपयोग समेत गर्दछन्। नेपाल प्रहरी साइबर ब्युरो को अनुसार अगिल्लो आर्थिक वर्ष २०७९/८० मा ४४८६ साइबर मामिला दर्ता भएका थिएँ र पछिल्लो आठ महिनामा मात्र साइबर अपराध सम्बन्धि ४,९३७ केस हरु दर्ता गरिएको छ। जसमा यहि वर्ष मात्र सामाजिक सञ्जालमा नकल्ली आइडी प्रयोग गरि अपराध गरेका ८९८ केस दर्ता भएका छन्। त्यसै अनलाइन मार्फत व्यकमेलिङ्गमा घटना समेत बढेका छन् ब्युरोका अनुसार यहि आठ महिनामा ७९९ केस दर्ता भएका छन्। ब्युरोका प्रवक्ता पशुपति कुमार रायका अनुसार दैनिक मात्रामा ६०-७० वटा उजुरी आउने बताउँछन् । उनि भन्छन, ‘प्राविधिकहरूको कमी र उचित कानुन नहुदाँ छानबिन र कारबाहीमा समेत समस्या आएको छ।

सरकारले नियमन गर्ने विशेष संयन्त्र नबनाउँदा सामाजिक सञ्जालआज नियन्त्रण भन्दा बाहिर समेत जान सक्ने देखिन्छ। जसको प्रमाण स्यम प्रहरीमा परेको उझुरी हेरे पुग्छ। तर सरकारले यसलाई समस्या देखाएर कार्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको छ। सरकारको अनुसार टिकटकले सामाजिक सद्द्वाब बिग्राने काम गरेको भन्दै नेपालमा टिकटक बन्द गरेको छ। तर यस निर्णयको चैतार्फी आलोचना हुदै आएको छ। व्यक्तिको बोल्न पाउने व्यक्तिगत स्वतन्त्रता / संचारको हकको बिपरित यो सरकार गएको छ। प्रविधिको विकास संगै विभिन्न सामाजिक संजाहरुको विकास हुने क्रम छ सरकारले त्यसै अनुरुपको कानुन निर्माण गरि सम्पूर्ण सामाजिक संजालहरुको नियमन गर्न जरुरी छ। सरकारले कार्तिक २३ गते सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० समेत पारित गरेको थियो जसले सामाजिक संजालहरू फेसबुक, टिकटक,एक्स,युट्यूब, इन्स्टाग्राम लगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि निर्देशिका ल्याएको हो । यस निर्देशिकाले केहि हद सम्म साइबर सम्बन्धि अपराधहरुको निलम्बन गर्ने भए पनि बलियो कानुन बनाएर सामाजिक संजालहरुलाई नियमन गर्नु पर्न आवाज नागरिक स्थर बाट उठेको छ।

सामाजित संजाल प्रयोग गर्दा के कुरामा ध्यान दिने

सामाजिक संजालहरुको प्रयोग गर्दा प्रयोगकर्ताहरुले धेरै कुरामा विचार पुर्याउनु पर्ने देखिन्छ। आज एकै व्यक्तिले विभिन्न सामाजिक संजालमा आफ्नो खाता खोल्ने र त्यसलाइ सुरक्षित नबनाउने परिपाटीले घटना बढेको देख्न सकिन्छ। सामाजिक संजाल फेसबुकमा आफ्नो प्रोफाइल को गोपनियताको लागि बिभिन विकल्प दिइएको हुन्छ तर धेरै प्रयोगकर्ताहरुमा उक्त जानकारी नहुदा संजाल दुरुपयोगका घटना बढेको देखिन्छ। बहिलो पासवर्ड राख्ने, अपरिचित संग साथि नबन्ने, आफ्नो व्यक्तिगत विवरणहरु संजालमा नराखे,र नकाल्ली प्रयोगकर्ताहरुलाई चिन्न सके दुरुपयोग हुन बाट जोगिन सकिन्छ। हाम्रो संजाल सुरक्षित राख्न टु-फ्याक्टर प्रमाणीकरण ले अकाउन्टलाई दोहोरो तरिकाले सुरक्षित राख्छ त्यसै गरि बहियो सुरक्षा प्रश्न र गोप्य कोड समेत एकाउन्ट सुरक्षित राख्न प्रयोग हुने टुल हुन। यस कुरामा प्रयोगकर्ताहरुको ध्यान जान जरुरी छ र सरकारले समेत जनताहरुलाइ यो कुरामा सुचित गराउनु आवस्कता छ।

सामाजिक संजालहरुमा सूचनाको नाममा खोलिएका र सरकारको कुनै पनि कार्यालयमा दर्ता नभएका पेजहरुले समेत सामाजिक संजालमा भ्रम छरिरहेका छन्। छोटो सूचना दिने,श्रोत नखुलाउने र संजालमा देखेको भरमा समाचार बनाउने प्रवृत्ति बढेको छ। जसको कारण गलत सूचना प्रवाहको जोखिम समेत बढेको छ। यसले सामाजिक संजालमा राखिने विभिन्न सूचना तथा जानकारी सत्य हो वा मिथ्य हो भन्ने पुस्टि गर्ने र उक्त पेज हरु नियमन गर्ने संयन्त्र नहुदा सहि सूचना भन्दा गलतले प्रशय पाउने होकी हान्ने चुनैती थपिएको छ। यस्ता खाले सामाग्री चिन्न स्वयं प्रयोगकर्ता चनाखो हुनु पर्ने देखिन्छ र सरकारी संयन्त्रमा दर्ता भएका र विस्वासनीय श्रोत लाइ पछ्याउदा प्रयोगकर्ताहरुले सहि सूचना पाउन सक्छन।

सकेतनाको आबस्कता
बालबालिकालाइ समेत विद्यालय तह देखि सामाजिक संजालको सहि प्रयोग बारे अध्ययन गराउनु पर्ने देखिन्छ। प्रव्रिधिको विकाश संगै सबै उमेर समूहको आकर्षण बनेको यस सामाजिक संजाल बारे उचित क्षिक्षा र तरिका बारे सिकाउन सके यसले महत्वपूर्ण योगदान दिने निश्चित छ। बढ्दो चुनौनीका बीच उचित नियमन गर्न सके यसले व्यक्तिगत जीवनमा मात्र नभई सामाजिक,आर्थिक रुपमा समेत सहयोग पुर्याउने छ। आज सामाजिक संजालको माध्यम बाट व्यापार फस्टाइरहेको छ। अनलाइन बाट मझौला व्यापार गर्ने हरुको उद्यम समेत राम्रो भएको छ। अहि प्रयोग र यस्तो ज्यानका बारे सबै उमेर समूहलाइ सचेतना जोगाउन सके सामाजिक संजालको प्रयोग बाट लाभ लिन सकिन्छ। x

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?