नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्मका लागि निःशुल्क डाटा सुविधा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।
एनटी फाइबरबाट टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकले सोमबारदेखि लागू हुने गरी प्रमोसनल अफरका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस गतिको डाटा पाउने टेलिकमले जनाएको छ भने सो टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देश अनुसार अनुरोध गर्न सकिने छ ।
त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत यो सुविधा लिन सकिन्छ । यो सुविधा एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ भने एक महिनाभन्दा बढी समयपछि सशुल्क रूपमा यो सेवा प्रयोग गर्नुपर्नेछ ।