Trending:

एक्समा इलन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’ दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता जागिरकाे प्रलाेभनमा फेसबुक, ह्वाट्सएपमा लिङ्क पठाएर ठगी गर्ने क्रम बढ्याे स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच भएको अन्तर बैंक भुक्तानी सम्झौता सम्पन्न ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक एमएडब्लु वृद्धि चांगानको ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ ‘इनोभेसन क्याम्पस’ नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध जापान एयरलाइन्समा साइबर आक्रमण एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो बजाज फाइनान्स मेला २०२४ सुरु अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने भ्रामक समाचारको पछि इसेवाको अनुरोध क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ आइएमई पेबाट ट्राभल बुकिङमा १०० % क्यासब्याकको अफर विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई सिटिजन्सको मोबाइल एपमार्फत सेयरको आवेदन दिन सकिने ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट इन्ड्राइभ आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो ललितपुर महानगरले ल्याएको ‘एलएमसी गार्बेज अलर्ट’ के हो ? नेपालमा डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो सेफ्टी एम्बेस्डरहरूसँग छलफल मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा डेयुन अटोमेटिभ्सले उत्पादनलाई निरन्तरता दिने तीन दशकअघि बनेको कानुन संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक, कति पर्छ मूल्य? कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने हिरो मोटोकर्पको नयाँ सिरिज आउँदै, यस्ता छन् विशेषता गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक नेपालमा आयो टाटा म्याजिक बीएस–६
अपडेट

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको छ ।नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्य प्रति उत्तदायी सस्थाको रुपमा रहेकोले यो सम्झौता अधि बढेको जानकारी गराउदै ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुको बारेमा समेत बताउनुभयो । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने कुरा पोखरेलले उल्लेख गर्नुभयो ।

७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयहरुबाट भौतिक रुपमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल यूनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ ।

यस बैंकमा प्रत्यक्ष रुपमा ४८ लाखभन्दा बढी ग्राहक महानुभावहरुले उत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नु बंैकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नविनतम् प्रविधिमा आधारित सेवाहरु तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजको रुपमा समेत लिन सकिन्छ । बैंकका सेवाग्राहीहरुलाई छिटो र सजिलोस“ग उत्कृष्ट सेवा उपलब्ध गराउनु बैंकले सूचना प्रविधिमा अंगालेको नीतिको रुपमा लिन सकिन्छ ।
यस दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास–आईटीसँग सम्बन्धित संस्था र आवद्ध कर्मचारीहरुको लागि सहज तथा सुलभ तवरले बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।

साथै एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरु आयोजना गरी दुवै संस्था तथा आवद्ध कर्मचारीहरुको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरु अगाडि बढाइने छ ।

ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवद्र्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?