Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

आईटी प्रणालीमा देखा परेको समस्या शनिवारबाट सुधार हुँदै

आईटी प्रणालीमा देखा परेको समस्या शनिवारबाट सुधार हुँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं । शुक्रवार विश्वभर आईटी प्रणालीमा व्यापक समस्या देखा परेपछि व्यवसाय र सेवा क्षेत्रमा भएका अवरोधमा बिस्तारै सुधार हुन थालेको बताइएको छ।

सफ्टवेअर अपडेट गर्ने क्रममा साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकबाट यो समस्या सुरु भएको थियो। उक्त कम्पनीले एक नयाँ क्षमायाचना जारी गर्दै यस विफलताको “तह र असर आफूहरूले बुझेको” जनाएको छ र समस्या अब समाधान भइसकेको उल्लेख गरेको छ।

सङ्कट सिर्जना भएको यस परिस्थिति र यस्तो अवस्था नदोहोरिने सुनिश्चितताका लागि आफूहरू खुलस्त रहने सो कम्पनीले बाचा गरेको छ।एउटा त्रुटिपूर्ण ढङ्गले सफ्टवेयर अपडेट हुँदा माइक्रोसफ्ट विन्डोज प्रणालीहरू प्रभावित भएका थिए।

सामान्य हुन ‘केही समय’ लाग्ने

यस प्रविधि सङ्कटबाट व्यवसाय, ब्याङ्क, अस्पताल र विमान सेवाहरू सबैभन्दा नराम्रोसँग प्रभावित भएका थिए। क्राउडस्ट्राइकका प्रमुख कार्यकारी अधिकृत जोर्ज कर्जले अवरोधका लागि माफी मागे तापनि सबै कुरा पूर्ववत् अवस्थामा फर्केर काम गर्ने हुनका लागि “केही समय” लाग्ने स्वीकारेका छन्।

शुक्रवार संसारभर पाँच हजारभन्दा धेरै उडानहरू रद्द भएका थिए। केही विमान सेवाहरू सामान्य अवस्थामा फर्कन थाले तापनि सञ्चालकहरूले सप्ताअन्तभर नै केही ढिलाइ र रद्द हुने काम जारी रहने बताएका छन्।

कैयौँ व्यवसायहरूले थाँती रहेका र छुटेका मागहरू मिलाउन काम गरिरहेकाले त्यो सुल्झाउन केही दिन लाग्ने बताइएको छ। अमेरिकाको सबैभन्दा ठूलो ब्याङ्क जेपी मोर्गन चेसले आफ्ना एटिएम मेसिनहरूमा सेवा पुरानै अवस्थामा ल्याउन काम भइराखेको जनाएको छ।

यस समस्या सबैभन्दा सुरुमा अस्ट्रेलियामा देखा परेको थियो र सम्भवत: सबैभन्दा गम्भीर मार उड्डयन क्षेत्रले व्यहोर्‍यो। ब्रिटेन, इजरेल र जर्मनीका स्वास्थ्य सेवाहरूले समेत समस्या सामना गरेका थिए।

प्रविधिको नाजुक अन्तरसम्बन्ध

संसारभर देखा परेका भद्रगोलले विश्वको अन्तर सम्बन्धित प्रविधिको नाजुक अवस्थालाई लिएर चिन्ता बढाएको छ। एउटा सफ्टवेरमा देखा परेकै समस्याको असर त्यति व्यापक प्रभाव निम्त्याउने तहको हुने भन्दै चिन्ता व्यक्त भएको पाइन्छ।

यतिखेर साइबर सुरक्षा क्षेत्रमा क्राउडस्ट्राइकको ठूलो मध्येको एउटा कम्पनीका रूपमा रहेको प्रभावलाई लिएर प्रश्नहरू उठाइएको छ। त्यस क्षेत्रको अहम् भूमिका केही थोरै कम्पनीको नियन्त्रणमा रहेको भन्दै त्यसो गर्नु कति विवेकपूर्ण हुने भनेर प्रश्न उठाइएको छ।क्राउडस्ट्राइकको सेअर शुक्रवार १२ प्रतिशतले घटेको थियो। बिबिसीबाट साभार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?