काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ र शैक्षिक पोर्टल, एडु सन्जालबीच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ।
यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो । साझेदारीपछि पहिलो दुई सय जना विद्यार्थीले ‘आईएमई पे’ एपमार्फत एक रुपैयाँमा ‘एडुसन्जाल’ ले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन् ।
यसका साथै ‘एडुसन्जाल’ बाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी ‘आईएमई पे’ एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने ‘आईएमई क्विज’ नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।
आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ ।