काठमाडौं । लोकप्रिय च्याटिङ प्लाटफर्म ह्वाट्सएपले आफ्नो प्लाटफर्ममा लगातार नयाँ-नयाँ फिचर ल्याइरहेको हुन्छ । तर सबै प्रयोगकर्तालाई नयाँ अपडेटका बारेमा जानकारी नै हुँदैन ।
प्लेटफर्म डब्लूए बेटा इन्फोले सार्वजनिक गरेको रिपोर्ट अनुसार अहिले कम्पनीले वेब प्रयोगकर्तालाई यस्तो फिचर उपलब्ध गराउने कामलाई प्रभावकारी रूपमा अगाडि सारेको छ ।
अधिकांश मानिसहरु केवल फोटो, भिडियो, अडियो तथा अन्य डकुमेन्ट आदान प्रदानका लागि कल गर्नका लागि मात्रै ह्वाट्सएपको प्रयोग गर्ने गर्दछन् । तर, ह्वाट्सएपमा एउटा यस्तो फिचर छ जसको मद्दतबाट तपाईंले आफैंले वा मोबाइल प्रयोगकर्ता अरु कुनै व्यक्तिले ह्वाट्सएपमा कोसँग धेरै कुराकानी गर्दोरहेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ।
स्क्रिनको माथि दायाँतर्फ रहेको तीनवटा थोप्लोयुक्त आइकनमा ट्याप गर्नुहोस्, त्यसपछि manage storage अप्सन देखिनेछ, त्यो खोल्नुहोस् ,उक्त सूचीमा जो व्यक्तिको नाम सबैभन्दा माथि हुनेछ, ह्वाट्सएपमा सोही व्यक्तिसँग सबैभन्दा धेरै च्याट भएको हुन्छ । अर्थात् सोही व्यक्तिसँग सबैभन्दा धेरै फोटो तथा भिडियो शेयर गरिएको हुन्छ ।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        