काठमाडौं । वर्ल्डलिंकले एकैपटक दुई वर्षको रकम तिर्दा २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमा पाउन सकिने अफर ल्याएको छ ।
नियमित, नयाँ र पुराना ग्राहकका निम्ति कम्पनीले अफरसहित सस्तो मूल्यको ‘दुईमा चार अफर’ ल्याइएको जनाएको छ । वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई वटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत सित्तैमा पाउनेछन् ।
त्यसानुसार इन्टरनेट सेवाको मूल्य भ्याटबाहेक १७ हजार ९९० रुपैयाँ तोकिएको छ । डिभाइसहरूको डिपोजिट पनि तिर्नुपर्ने कम्पनीको भनाइ छ ।
यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ ।
यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिना मध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै छन् ।
जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउँछ ।
त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ ।