Trending:

नेपालमा एप्पलका सामग्री आयत गर्ने जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि कानूनी उपचारमा जाने काठमाडौंको मैतिदेवीमा रोजगार मेला, २५० विद्यार्थीको सहभागिता नेपालका लागि टिकटकले माग्यो ‘पब्लिक पोलिसी म्यानेजर’ पदमा कर्मचारी बजारमा एभरेडीको अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा एप्पलको आइफोन १६ सार्वजनिक, यस्ता छन् फिचर एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै टिकटक चल्न सुरु भएसँगै एनसेलले ल्यायो नयाँ टिकटक प्याक नेपाल टेलिकमले हटायो टिकटकको प्रतिबन्ध अनरले सार्वजनिक गर्यो विश्वको सबैभन्दा पातलो फोल्ड गर्न मिल्ने फोन एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी आजदेखि टिकटक पूर्ण रुपमा चल्ने स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री रियलमीको डिलर्स मिट सम्पन्न थप पाँच वर्षलाई नवीकरण भयो एनसेलको लाइसेन्स ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक फोनपेले सुरु गर्‍यो बोहनी नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय खल्तीद्वारा ‘नयाँ सुरक्षा प्याकेज सार्वजनिक नेपाल टेलिकम सम्बन्धी गुनासो छ ? यी नम्बरमा गर्नुहोस् नि:शुल्क फोन ओप्पोले नयाँ एआई फोन रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ? बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप यसरी भएको थियो एटीएम आविष्कार ५ दिनमा १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान आईफोन १६ सार्वजनिक हुँदै नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा एडिबीले नेपाललाई थप सहयोग गर्ने प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्ता छन् सर्तहरू ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’ ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने सामसङले ग्यालेक्सी ए र ग्यालेक्सी ट्याब एस९ एफइ सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण युट्युबमा भिडियो थम्बनेल आकर्षक बनाउने तरिका राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘एआई’ सम्मेलन गर्दै बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस् क्यामरा किन्दा ध्यान दिनुपर्ने कुराहरु
अपडेट

ओपनएआईले आफ्नै ‘सर्चजीपीटी’ ल्याउने

१५ श्रावण २०८१, मंगलवार १०:४१

काठमाडौं। च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्नो सर्चजीपीटी नामक सर्च इञ्जिनको प्रोटोटाइप घोषणा गरेको छ ।

यसले प्रयोगकर्तालाई स्पष्ट तथा सान्दर्भिक स्रोतसहितका उत्तरहरू द्रुत गतिमा र तुरुन्तै उपलब्ध गराउने उल्लेख गरेको छ। सर्चजिपिटीले च्याटजिपिटीको तुलनामा बढी समाचार, लेख र सूचनाहरूलाई स्रोतको रूपमा लिएर जानकारी उपलब्ध गराउने बताइएको छ।

यसबाट सबैभन्दै धेरै चुनौति अहिलेको प्रमूख सर्च इन्जिन गुगलले सामना गर्ने मानिएको छ। हुनतः गुगलले नै पनि आफ्नो वेब सर्चमा जेनेरेटिभ एआई समावेश गर्ने तयारी गरिरहेको छ। ओपन एआईका अनुसार यसले भविष्यमा सर्चजिपिटीलाई च्याटजिपिटीसँग एकीकृत गर्ने योजना बनाएको छ। अहिले च्याटजिपिटीले बिंग प्रयोग गरेर वेब सर्चहरू गर्छ। यद्यपि सर्चजिपिटीले एआई असिस्टेड वेब सर्चिङ गर्ने जनाइएको छ।

ब्लग पोस्टमा लेखिएको छ-हामीले सर्च जिपिटीको परीक्षण गरिरहेका छौं जुन नयाँ एआई सर्च फिचरको प्रोटोटाइप हो । यसले तपाईंलाई छिटो तथा रियल टाइममा जवाफ दिनेछ, जुन सम्बन्धित स्रोतसँग जोडिएको हुनेछ । हामीले यसलाई प्रयोगकर्ताको सानो समूहका लागि लञ्च गर्दैछौं र उनीहरूबाट हामीलाई पृष्ठपोषण प्राप्त हुनेछ र त्यो अनुभवलाई हामीले च्याट जिपिटीमा आबद्ध गर्नेछौं ।

सर्च जिपिटीका लागि कम्पनीले विभिन्न प्रमुख प्रकाशकहरुसँग सहकार्य गरेको छ । गुगलले आफ्नो सर्चमा एआईलाई आबद्ध गर्न थालेको बेला ओपन एआईले सर्च जिपिटी लञ्च गरेको हो । अहिले गुगलमा सर्च गर्दा कतिपय जवाफहरु एआई सिर्जित हुने गरेका छन् । तर धेरै मानिसहरुले गुगल सर्चमा एआईलाई आबद्ध गरेको रुचाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?