काठमाडौं । डिजिटल माध्यम बैंकले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एपको व्यवस्था गरेको छ । पहिले-पहिले चेकमा नक्कली हस्ताक्षर गरेर, कर्जा दुरुपयोग गरेर वा प्रतितपत्रको माध्यमबाट रकम ठगी गर्ने चलन थियो ।
तर अचेल प्रविधिको विकाससँगै ठगी गर्ने तरिका पनि परिवर्तन भइरहेको पाइन्छ । अचेल ठगी पनि अन्तर्राष्ट्रिय हुन पुगेको छ । अचेल चलेका यस्तै केही ठगीको बारेमा यहाँ चर्चा गरिएको छ ।
काठमाडौं। हामी अहिले विद्युतीय युगसँगै अगाडि बढिरहेका छौं। अहिले हामी सबैको हातमा प्राय स्मार्ट फोन हुने गर्छ। प्रविधिको यो फड्कोले बैंक तथा वित्तीय संस्थासँग हामीले गर्ने व्यवहार र सहकार्यमा समेत परिवर्तन ल्याएको छ। अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै नेपालमा अहिले मोबाइल बैंकिङको प्रयोग कर्ताको संख्या बढ्दै गइरहको छ।
डिजिटल माध्यम प्रयोग गर्दा ध्यन दिन पर्ने आधारभूत कुराहरु
१. आफ्नो पिन ओटीटि कसैलाई सेयर नगर्नुहोला, कल वा मेसेजमार्फत सोधिएको पिनलाई आफ्नो aap मा नहाल्नुहोला
२.बैंक प्रतिनिधिहरुको रुपमा तपाईंको कोर्ड/ बैंक खाता जानकारीको लागि आएको कल वा मेसेजलाई सम्बोधन नगर्नुहोला
३. आफ्नो बैंकिङ कार्डको जानकारी सार्वाजनिक फोरम, सोसल मिडिया वा इमेल मार्फत नदिनुहोला
४. क्यासब्याको लागि मेसेज/ ईमेलमा आएको लिंकहरु नाखोल्नुहोला
५. KYC verification वा बैंक खाता/कार्ड ब्लाकिंगको लागि आएको काल वा मेसेजलाई सम्बोधन नगर्नुहोला
६. बैंकको ग्राहक सेवा नम्बर सोसल मिडिया वा search engine मा नाखोल्नुहोला संधै आधाकारिक वेबसाइट हेर्नुहोला
७. करोबारो गर्दा सार्वजानिक कम्प्युटर, सार्बर क्याफे वा सार्वाजनिक wi-fi प्रयोग नगर्नुहोला