काठमाडौँ। भिडियो स्ट्रिमिंग साइट युट्युब अहिले सबैभन्दा धेरै प्रयोग हुने इन्टरनेट प्लेटफर्म बनेको छ । यो सफलता हात पार्नका लागि उसलाई निकै छोटो समय नै पर्याप्त भएको छ ।
केहि समय देखि युट्युब, टिकटक र फेसबुक लगायत सामाजिक सञ्जालमा श्रव्य-दृश्य सामग्री प्रसारण गरेवापत् आम्दानी गर्ने मध्य बनेको छ। छोटो समयमै टिकटक एक नयाँ प्लेटफर्म बनेको छ । केहि महिना देखि नेपाल सारकारले आम जनतामा टिकटक रोक लगाए पनि विभिन्न नयाँ प्रविधिका मध्यबाट हेर्न सकिन्छ । जस्तै DND, VPN मार्फत पनि टिकटक हेर्ने गरेका छन् । तर यो सुरक्षाको हिसाबमा त्यति सुरक्षित नरहेको बताइन्छ ।
पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा भिडियोलाई लिइन्छ । सिकाउन होस् व्यवसाय प्रचार प्रसार गर्नका जुनसुकै काममा पनि भिडियोको प्रयोग बढ्न थालेको छ ।
अन्य सामग्रीको तुलनामा भिडियोको प्रभावकारिता दर बढी समेत छ । यदि तपाईं भिडियो सम्पादन (एडिटिङ) मा रुचि राख्नुहुन्छ तर तपाईंसंग राम्रो भिडियो एडिटिंग गर्ने मोबाइल वा ल्यापटप छैन् वा तपाईंको आफ्नो डिभाइसमा भिडियो एडिटिंग एप वा सफ्टवेयरहरु चल्दैन भने तपाईंले नि:शुल्क रूपमा वेबसाइटमा गएर भिडियो एडिटिंग गर्न सक्नुहुनेछ ।
YouTube कहिले सुरु भो
आजभन्दा १९ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो । सोही दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो । युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् । युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो, Me at the Zoo । युट्युबमा संस्थापक जाभेद करीमले २३ अप्रिल २००५ मा उक्त भिडियो अपलोड गरेका थिए । भिडियो केबल १८ सेकेण्ड मात्र लामो थियो । जाभेदका साथी याकोभ लापित्स्कीले उक्त भिडियो खिचेका थिए ।
YouTube भिडियोहरू कसरि अपलोड गर्ने
तपाईंहारुले केही सजिलो चरणहरू पालना गरेर YouTube मा भिडियोहरू अपलोड सक्नुहुन्छ। आफ्ना भिडियोहरू कम्प्युटर वा मोबाइल डिभाइसबाट अपलोड गर्न सक्नुहुन्छ।
- YouTube एप खोल्नुहोस्।
- आफुले बनाएको भिडियो मा ट्याप गर्नुहोस्।
- तपाईंले अपलोड गर्न चाहनुभएको फाइल छनोट गर्नुहोस् । तपाईंको भिडियो ६० सेकेन्ड वा कम छ र एक वर्गाकार वा ठाडो एस्पेक्ट रेसियो छ भने यसलाई छोटो भिडियोको रूपमा अपलोड गरिने छ।
युट्युब (YouTube) मा भिडियो थम्बनेलहरू हाल्ने तरिका
- YouTube Studio एप खोल्नुहोस् ।
- फेदको मेनुमा गई सामग्री भिडियोमा ट्याप गर्नुहोस्।
- आफूले सम्पादन गर्न चाहेको भिडियो चयन गर्नुहोस्।
- सम्पादन गर्नुहोस् थम्बनेल सम्पादन गर्नुहोस् फोटोमा ट्याप गर्नुहोस्।
- स्वतः बनाइएको थम्बनेल चयन गर्नुहोस् वा आफ्नो डिभाइसमा रहेको फोटो प्रयोग गरेर भिडियोको कस्टम थम्बनेल बनाउन कस्टम थम्बनेलमा ट्याप गर्नुहोस्।
- आफ्नो थम्बनेल छनोट गर्नुहोस र छनोट गर्नुहोस् त्मायसमा ट्याप गर्नुहोस्।
- सेभ गर्नुहोस् बटनमा ट्याप गर्नुहोस्।