© 2021-2024
काठमाडौँ। सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय विभागीय मन्त्रीले गरिसकेका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले यसलाई अनुमोदन गर्ने बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्।