आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाका लागि ग्लोबल जुनियर एपमार्फत नवीनतम वित्तीय सिकाइ अनुभव प्रदान हुने विश्वास बैंकको छ । उक्त एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकामा वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता विकासका लागि सुरक्षित वातावरण समेत रहेको जनाएको छ ।
‘ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताका लागि डिजाइन गरिएको प्लेटफर्म हो,’ बैंकले सोमबार उक्त एप सार्वजनिक गर्दै भनेको छ, ‘एप बालबालिकाले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।’
ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधा रहेको बैंकले जनाएको छ । यो एप डाउनलोड गरेर पहिलो वर्षका लागि निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।