काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ।
हिजो नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले किस्ता सुविधा दिएर लाइसेन्स नवीकरण गरेको हो । एनसेलले ४ वटा किस्ता तिर्ने सर्तमा लाइसेन्स नवीकरण भएको प्राधिकरणले बताएको छ । २०८४ भित्र ब्याजसहितको किस्ता तिर्नु पर्ने छ ।
गत बिहीबार मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क र ब्याजसहित ४ किस्ताको सुविधा दिएर जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीरकण गर्न अनुमति दिएको थियो । सोहीअनुसार दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आज पाँच वर्षका लागि लाइसेन्स नवीकरण गरेको हो ।
अब एनसेलले २०८४ भित्र ब्याजसहितको किस्ता तिर्नुपर्ने छ । प्रतिकिस्ता ५ अर्बको दरले पैसा बुझाउनु भर्ने छ । जसमा एनसेलले १ किस्ता अर्थात ५ अर्ब तिरिसकेको छ । दूरसञ्चार ऐन, ०५३ अनुसार अनुमतिपत्रको अवधि २५ वर्ष हुने र पहिलो पटक १० वर्षमा र त्यसपछि प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्छ । एनसेलले चाहेमा बाँकी सबै रकम एकैपटक दिनसक्ने व्यवस्था समेत गरिएको छ ।