काठमाडौ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ ।
गत शुक्रबार भाद्र १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मिटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरू सहभागी भएका थिए ।
आफ्ना डिलरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस डिलर्स मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिलर्सहरुसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरूले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरूका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।
डिलर्स मिटको सुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरूका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय साङ्गीतिक प्रस्तुति दिएको थियो ।