काठमाडौं। स्मार्टचोइस टेक्नोलोजिज (एससीटी) ले हरितालिका तीज, दशैं तथा दीपावली पर्वलाई लक्षित गरेर ‘तिर्की दाउ’ अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरीदमा पीओएसमार्फत विद्युतीय कारोबार गर्दा ७ सय ७७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
हालसम्म एससीटी(यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसँग आवद्ध बैंक तथा वित्तिय संस्थाहरूमा गएर प्राप्त गर्न सक्नेछन्। ग्राहकले यस अवधिमा छ महिनादेखि प्रयोगमा नल्याएको एससीटी(यूपीआई डेबिट कार्ड प्रयोग गरेमा एक सय ११ रुपैयाँकोे क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा तीन सय ३३ रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा सात सय ७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन्। हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ।
साथै, भारतमा पनि नेपाली रुपैया दुई हजार पाँच सय वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन्। अफरको विस्तृत विवरण र शर्त तथा बन्देजहरू एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ। यो अफर सेप्टेम्बर महिनाभर लागू हुनेछ।