काठमाडौँ। एनसेलका सबै ग्राहकले अब मज्जाले टिकटकको आनन्द लिन सक्ने भएका छन् । एनसेलले शुक्रवार (भाद्र २१)बाट टिकटक प्याक सञ्चालनमा ल्याएसँगै सबै ग्राहकले अब निर्धक्कसँग टिकटक चलाउन सक्ने भएका हुन् ।
शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो। यसैको अवसरमा एनसेलले पनि शुक्रबारबाट टिकटक प्याक संचालनमा ल्याएको छ।
साथै एनसेलले सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ। ग्राहकहरुले करसहित रु १७५ मा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँनेछन्। त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने एनसेलको भनाइ छ।
एनसेलले सधैँ अन योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन प्रकारका प्याक प्रदान गर्दै आएको छ । बेसिकमा ७ दिन समयसीमा रहेको सधैँ अन प्याकमा ग्राहकहरूले अन्य बन्डल सेवाहरूबाहेक १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।
त्यसैगरी सधैँ अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याकअनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैँ अन अनलिमिटेड प्याकअन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।