Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

एप्पलको आइफोन १६ सार्वजनिक, यस्ता छन् फिचर

एप्पलको आइफोन १६ सार्वजनिक, यस्ता छन् फिचर
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौं। बहु प्रतिक्षित आईफोन १६ सिरिज आज राति सार्वजनिक भएको छ।  सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ अनावरण गरेको हो।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले आईफोन १६ ले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिने दाबी गरे। नयाँ आईफोनमा एप्पल बौद्धिकताले भरिपूर्ण छ भने हार्डवेयरमा केही परिवर्तन देखिएको छ।

आइफोन १६ मोडलहरूमा ए१८ प्रो चिप समावेश गरिएको छ । एप्पल इन्टेलिजेन्सका लागि यसमा दोस्रो पुस्ताको ३-नानोमिटर ट्रान्जिस्टर र नयाँ १६-कोर न्युरल इन्जिन राखिएको छ । यो विशेषगरी जेनेरेटिभ एआईसम्बन्धी प्रयोजनका लागि डिजाइन गरिएको हो जसले डिभाइसको सिस्टम मेमोरी ब्यान्डविथमा १७ प्रतिशतले वृद्धि गर्ने कम्पनीले जनाएको छ । आइफोन १६ मा ४८-मेगापिक्सेलको ‘फ्युजन क्यामरा’ र टेलिफोटो सुविधा रहनुका साथै १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न पाइने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, प्रो मोडलहरूमा रेकर्डिङ स्टुडियोकै गुणस्तरको भ्वाइस रेकर्डङ सुविधा थपिएको छ । यति मात्र नभएर ‘अडियो मिक्स’ फिचर राखिएको छ र कम्पनीले यसलाई समग्र स्मार्टफोन उद्योगमै पहिलोपटक यस्तो सुविधा ल्याइएको दाबी गरेको छ । मेसिन लर्निङ प्रविधिको सहयोगले भ्वाइस रेकर्डिङ एपमा वक्ता र पृष्ठभूमिको ध्वनि छुट्याउन सकिने कम्पनीले उल्लेख गरेको छ ।

नयाँ आईफोन सेतो, कालो, टिल (गाढा नीलो–हरियो), एक्वामरिन (हरियो–नीलोबाट नीलो हरियो) र गुलाबी स्वरुपमा आएको छ। नयाँ आईफोन ६.१ इन्च (आईफोन १६) र ६.७ इन्च (आईफोन १६ प्लस) दुई आकारमा उपलब्ध भएको छ।

आईफोन १६ लाइन नयाँ बटनहरुसाथ आएको छ। पहिलो आफूअनुकूल पार्न मिल्ने ‘एक्सन बटन’ जसले म्युट बटनलाई प्रतिस्थापन गरी प्रयोगकर्तालाई शब्दसमूह अनुवादद्वारा जे पनि गर्न दिने वा सर्टकट प्रोग्रामिङको सुविधा जस्तो कि फ्लासलाइट बाल्ने वा क्यालेन्डर खोल्न सकिन्छ।

मूल्य 

यी सबै मोडलहरू सेप्टेम्बर १३ देखि प्रि-अर्डर गर्न सकिन्छ र सेप्टेम्बर २० देखि छिमेकी मुलुक भारतलगायत देशमा उपलब्ध हुनेछ। आईफोन–१६ को मूल्य ७९९ डलर र आईफोन–१६ प्लसको मूल्य ८९९ डलर रहेको छ । जहाँ आईफोन–१६ प्रोको मूल्य ९९९ र आईफोन–१६ प्रो म्याक्सको मूल्य १ हजार १९९ डलर छ ।

क्यामेरा

आईफोन-१६ मा ४८-मेगापिक्सेलको डुअल क्यामेरा प्रणाली छ। साथै टेलिफोटो लेन्समा २x जुम गर्ने क्षमता रहेको छ । जहाँ आईफोन-१६ प्रो मा ५x जुमको क्षमता छ।

ब्याट्री

आईफोन–१६ मा २७ घण्टासम्म भिडियो प्लेब्याक गर्ने क्षमता रहेको कम्पनीको दाबी छ । जबकि आईफोन-१६ प्रोमा ३३ घण्टासम्म भिडियो प्लेब्याक गर्ने क्षमता छ।

एक्सन बटन

आइफोन-१६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् । उदाहरणका लागि फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ्ग वा साइलेन्ट मोडमा पनि जान सकिन्छ । यसका अलावा अन्य नयाँ अप्सनहरु पनि यसमा मिल्ने छ ।

नवीनतम एआई फिचर 
नयाँ आईफोनमा नवीनतम एआई फिचरको प्रयोग गरिएको छ। यसलाई कम्पनीले एप्पल बौद्धिकता अर्थात् एप्पल इन्टेलिजेन्स भनेको छ।

इमेल तथा मेसेजको मद्दत गर्न एआईको सहयोग लिन सकिने टुल्स यसमा राखिएका छन्। एप्पलको एआईले सिरिसँगको वार्तालापलाई अझ स्वाभाविक बनाएको छ।

इमोजी र इमेज जेनेरेटर

त्यस्तै यस सिरिजमा इमोजी तथा इमेज जेनेरेसनका लागि पनि एआई फिचर उपलब्ध हुने छ । जुन काम सामान्य प्रम्प्टबाटै हुने एप्पलको भनाइ छ । यो फिचर भने एपहरूमा एकीकृत गरिने एप्पलले जनाएको छ । उदाहरणका लागि, ग्यालरीमा भएको कुनै विशेष फोटो पत्ता लगाउन एआई प्रयोग हुने भएको छ भने फोटोहरूको स्लाइड शो तयार पार्ने काम सामान्य प्रम्प्ट लेखेकै भरमा हुने भएको छ ।

कलर, डिस्प्ले र क्यापासिटी

आइफोन-१६ र आइफोन-१६ प्लस कुल पाँच रङ्ग (कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो रङ्गमा उपलब्ध छन् । आइफोन-१६ प्रो र प्रोम्याक्स भने चार रङ्ग (कालो, सेतो, क्रिम कलर र हल्का सुनौलो रङ्ग) मा उपलब्ध छन् ।

आइफोन-१६ को साइज ६.१ इन्चको छ । आइफोन-१६ प्लस ६.७ इन्च र आइफोन-१६ प्लसको साइज ६.७ इन्चको छ । यसैगरी आइफोन-१६ प्रोको साइज ६.३ इन्च र आइफोन-१६ प्रोम्याक्सको साइज ६.९ इन्चको छ ।

आइफोन-१६ र आइफोन-१६ प्लस तीन भेरियन्ट (१२८ जीबी, २५६ जीबी र ५१२ जीबी)मा उपलब्ध छन् । आइफोन-१६ प्रोका चार भेरियन्ट (१२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी) छन् । आइफोन प्रोम्याक्स तीन भेरियन्ट (२५६ जीबी, ५१२ जीबी र १ टीबी) मा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?