काठमाडौं । चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङको “भव्य दशैं तिहार, घर भरि उपहार” अफर सार्वजनिक भएको छ ।
यो अफरद्वारा ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नयाँ सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने व्यवस्था छ ।
यस्तै सामसुङका केही टिभीहरू किन्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंक इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउनेछन्। यतिमात्र नभएर कम्पनीका केही फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक समेत पाउने सक्नेछन्।
चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ। जसमा १८ महिनासम्मको अवधिका लागि ब्याज लाग्नेछैन।
इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्छ। नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ। ग्राहकहरूलाई अर्को स्टोरबाट पुराना घरासयी सामानहरु दिएर नयाँ लिएर जाने सुविधा समेत कम्पनीले उपलब्ध गराएको छ।