काठमाडौँ। ग्लोबल आइएमई बैंकका ग्राहकले हरेक शनिबार बिग मार्टबाट सामान खरिद गर्दा १० % छुट पाउने भएका छन्।
बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर-समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ ।
बैंकले देशभरबाट ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिंग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट बैकिंग सेवा दिँदै आइरहेको छ।