© 2021-2024
काठमाडौं । विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले काठमाडौंस्थित हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय वितरक, आम सञ्चारमाध्यम र टेक मिडिया प्रतिनिधिहरूको माझ भिभो –भी४० सार्वजनिक गरेको छ।
भि ४० मा व्यवसायिक प्रोटेट सिस्टमसहितको फोटोग्राफीको सुविधा छ । इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भि४० व्यावसायिक–स्तरको प्राेटेट फोटोग्राफीको लागि तयार पारिएको कम्पनीको भनाई छ । भिडियो प्रेमीहरूका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो संकलन गर्न मिल्ने बताइएको छ ।
जाइस्को सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २ः३९ः१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफी तर्फ भने यसमा एफ्/१.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि स्पष्ट प्रोटेटहरू खिच्न सक्ने कम्पनीले बताएको छ ।
भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भी४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ, जसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्दछ। इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भी४० व्यावसायिक–स्तरको पोर्ट्रेट फोटोग्राफीको लागि तयार पारिएको हो।
जसले भिभोको र जाइस्द्वारा स्थापित उच्च मापदण्डहरूलाई पूरा गरेको छ। भिडियो प्रेमीहरूका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो सङ्कलन गर्न उत्कृष्ट हुने छ। किनकी यसले भिडिओको विषयवस्तुलाई फोकसमा राख्दै सहज फोकस परिवर्तनको सुनिश्चितता गर्दछ।