पोखरा। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले पोखरामा ‘दिपल ईभी’ सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच दिपल ईभी सार्वजनिक गरिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाली क्रिकेटर एवम् दिपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा, डाइरेक्टर सौरभ थापाले संयुक्त रूपमा दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएसँगै ग्राहकले अब दिपल एस०७ ७१ लाख ९९ हजार र नयाँ सेरेस३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले नामी ईभीमा ७ किलोवाटको चार्जर पाउनेछन् ।