काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र अद्भुत डिस्प्लेउत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । शाओमीले रेड्मी १३ सी को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो ।
रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्ले सहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा संचालित यो स्मार्टफोनले सहज मल्टिटास्किंग र गेमिङ प्रदर्शन सुनिश्चित गर्दछ । आकर्षक तस्विर र सेल्फीहरूको लागि ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि उपलब्ध रहेको छ । १८ वाटको फास्ट चार्जिङ र अधिकतम ८ जीबी ¥याम र २५६ जीबी स्टोरेजसहित ५१६० एमएएच ब्याट्रीको सहायताले रेड्मी १४ सी ले शक्तिशाली प्रदर्शन र पर्याप्त स्टोरेज प्रदान गर्दछ ।
आकर्षक तस्विर र सेल्फीहरूको लागि ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि उपलब्ध रहेको छ। १८ वाटको फास्ट चार्जिङ र अधिकतम ८ जिबी ¥याम र २५६ जिबी स्टोरेजसहित ५१६० एमएएच ब्याट्रीको सहायताले रेड्मी १४ सी ले शक्तिशाली प्रदर्शन र पर्याप्त स्टोरेज प्रदान गर्दछ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हामी नेपालमा रेड्मी १४ सी ल्याउन पाउँदा निकै उत्साहित छौं। यस डिभाइसले प्रदर्शन, डिजाइन र किफायतीताको उत्तम सन्तुलन प्रदान गर्दछ। यस स्मार्टफोनले पनि शाओमीका अरु स्मार्ट फोनलेझैं ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौं।
इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृस्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १४ सीमा पनि कायम राखेका छौँ।’रेड्मी १४ सी मा शक्तिशाली मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसर रहेको छ जसले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्नेछ।
रेड्मी १४सी ५१६० यम एमएच ब्याट्रीबाट सञ्चालित यस स्मार्टफोनले लामो समयसम्मको प्रयोग सुनिश्चित गर्दछ । ब्राउजिङ, गेमिङ वा भिडियो हेर्नेका लागि ब्याट्रीले २२ घण्टासम्मको भिडियो प्लेब्याकलाई समर्थन गर्दछ । १८ वाटकोफास्ट चार्जिङ क्षमता रहेको यो स्मार्टफोनलेप्रयोगकर्ताहरूलाई लामो प्रतीक्षा बिना छिटो रिचार्ज गर्न मद्दत दिन्छ । रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीनका तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।
रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीनका तीन आकर्षक रंगहरूमा उपलब्ध छ । ४ जीबी + १२८ जीबी, ६ जीबी + १२८ जीबी, ८ जीबी + २५६ जीबी भेरियन्टहरूमा उपलब्ध रेड्मी १४ सी को मूल्य क्रमशः रु १३,९९९, रु १५,९९९ र रु १८,९९९ रहेको छ ।
रेड्मी १४ सी असोज ११ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।