काठमाडौं। विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले सेलिब्रिटी, संस्था र कार्यालयहरूका फलोअर लुकाएको छ । फेसबुक पेजबाट फलोअरको सङ्ख्या देखाउने अप्सन गायब भएपछि प्रयोगकर्ताले अनेक शंका र प्रश्न गर्न थालेका छन् ।
फेसबुकमा भेरिफाइड ब्याज (ब्लू टिकमार्क) पाएका र नपाएका दुवै किसिमको व्यक्ति तथा संस्थाको प्रोफाइल खोलेर हेर्दा पहिले एकमुस्ट रूपमा फलोअर्सको संख्या देखिने गरेको थियो । तर, अहिले धेरैजसो त्यस्ता पेज तथा प्रोफाइलमा त्यसरी फलोअर्स देखिएको छैन । कुनै प्रोफाइलमा भने देखिई नै रहेको छ ।
फेसबुककै संस्थापक मार्क जुकरबर्गको प्रोफाइलमा समेत त्यसरी फलोअर्स संख्या देखिएको छैन। तर, फेसबुकको मुख्य कम्पनी मेटाको फलोअर्स संख्या देखिन्छ।
धेरैजसो त्यस्ता पेज तथा प्रोफाइलमा त्यसरी फलोअर्स देखिएको छैन भने केहिमा देखिन्छ।नेपालका पनि केहि व्यक्ति र कम्पनीका भेरिफाइड पेज तथा प्रोफाइलमा फलोअर्सको संख्या देखिएको भने केहिमा देखिएको छैन्।यस बारेमा फेसबुकले केहि घोषणा वा जानकारी दिएको छैन्।
नेपालबाट मात्रै नभएर विदेशबाट हेर्दा पनि फेसबुकमा यसरी फलोअर्सको संख्या देखिन छोडेको छ । यो कुनै समस्या हो वा फेसबुकको नयाँ परिवर्तन हो भन्ने स्पष्ट भने भइसकेको छैन ।