Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?

के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१७ असोज, एजेन्सी। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैङ्किङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ।

वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन्।सन् २०२१ मा जापानी वैज्ञानिक हिरोकी किटानोले ‘नोबल ट्युरिङ च्यालेन्ज’ को प्रस्ताव गर्दै अनुसन्धानकर्ताहरूलाई सन् २०५० सम्ममा नोबेल पुरस्कारका लागि योग्य अनुसन्धान गर्न सक्षम ‘एआई वैज्ञानिक’ निर्माण गर्न आमन्त्रण गरेका थिए । केही वैज्ञानिकहरू पहिले नै नोबेलको योग्य एआई सहकर्मी सिर्जना गर्न कडा मेहनत गरिरहेका छन्, यस वर्षको पुरस्कार विजेताहरू अक्टोबर ७ देखि १४ को बीचमा घोषणा गरिनेछ।

स्वीडेनको चाल्मर्स युनिभर्सिटीमा मेशिन इन्टेलिजेन्सका प्राध्यापक रोस किङका अनुसार वास्तवमा विश्वभर करिब १०० जना ‘रोबोट वैज्ञानिक’ छन् । सन् २००९ मा किङले एक अनुसन्धान पत्र प्रकाशित गर्दै उनी र उनका सहकर्मीहरूको एक समूहले स्वतन्त्र रूपमा वैज्ञानिक खोजहरू गर्ने पहिलो मेशिन ‘रोबोट साइन्टिस्ट एडम’ सार्वजनिक गरेका थिए । “हामीले एउटा रोबोट निर्माण गर्यौँ जसले आफैंले नयाँ विज्ञान पत्ता लगायो, नयाँ वैज्ञानिक विचारहरू सिर्जना गर्यो र तिनीहरूको परीक्षण गर्यो र ती सही थिए भन्ने पुष्टि पनि गर्यो,” किङले एएफपीसँग भने ।

त्यो रोबोट स्वायत्त रूपमा परिकल्पनाहरू स्थापित गर्न बनाइएको थियो । त्यसपछि यो परीक्षण गर्ने प्रयोगका लागि बनाइयो। यी प्रयोगशाला रोबोटहरूलाई प्रक्रियागत रूपमा सिक्न र दोहोर्याउने प्रयोगका कार्यक्रम निर्माणका लागि थियो ।

‘उपलब्धि सामान्य भएपनि तुच्छ होइनन्’ –

‘आदम’ लाई खमीरको भित्री कार्यहरू अन्वेषण गर्ने जिम्मा दिइएको थियो र यसले पहिले जीवमा भएको जानकारीमा नआएका ‘जिनको कार्यहरू’ पत्ता लगायो।

रोबोट वैज्ञानिकका निर्माताहरूले आफ्ना प्रस्तुतिमा खोजहरू ‘सामान्य’ भएपनि तिनीहरू ‘तुच्छ’ थिएनन् भन्ने दाबी गरेका थिए। पछि, मलेरिया र अन्य उष्णकटिबन्धीय रोगहरूको लागि औषधीय स्रोतहरूको अध्ययन गर्न ‘इभ’ नामक दोस्रो रोबोट वैज्ञानिकको स्थापना गरिएको थियो।

किङका अनुसार अनुसन्धान र निचोड निकाल्न यस पहिलेका रोबोट वैज्ञानिकहरू नै औसत मानव वैज्ञानिकभन्दा धेरै अगाडि छन् । “रोबोट वैज्ञानिक खोजी गर्न कम पैसा लाग्ने हुन्छन् । उनीहरू २४ सै घण्टा काम गर्छन्”, उनले भने, “उनीहरू प्रक्रियाको हरेक विवरण रेकर्ड गर्न पनि बढी लगनशील छन्।”

तर उनीहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नोबेल योग्य वैज्ञानिकको नजिक हुनबाट धेरै टाढा रहेको किङले स्वीकारेका छन् । उनले भने, “त्यसका लागि तिनीहरू ‘धेरै बुद्धिमान’ हुनुपर्छ र ‘जटिलभन्दा जटिल कुरा बुझ्न’ सक्षम हुनुपर्छ।”

एआई पुरस्कारका लागि धेरै टाढा

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका एसोसिएट प्रोफेसर इन्गा स्ट्रम्केले तत्कालका लागि वैज्ञानिक पेशा सुरक्षित रहेको बताए । उनले एएफपीसँग भने, “वैज्ञानिक परम्परा चाँडै नै मेशिनले कब्जामा लिन सक्ने अवस्थामा छैन।”
“यद्यपि, यसको मतलब यो ‘असम्भव छ’ भन्ने होइन, यो ‘निश्चित रूपमा’ स्पष्ट छ कि एआईको विकास भइरहेको छ र विज्ञान कसरी सञ्चालन गरिन्छ भन्नेमा प्रभाव पर्नेछ।”

यो पहिले नै कसरी प्रयोगमा छ भन्ने एक उदाहरण गुगल डीपमाइन्डद्वारा विकसित एआई मोडेल अल्फाफोल्ड हो । यो उनीहरूको एमिनो एसिडको आधारमा प्रोटीनको त्रि–आयामी संरचनाको भविष्यवाणी गर्न प्रयोग गरिन्छ।

“हामीलाई थाहा थियो कि एमिनो एसिड र प्रोटीनको अन्तिम त्रि–आयामी आकारबीच केही सम्बन्ध छ र त्यसपछि हामी यसलाई पत्ता लगाउन मेशिनको सिकाइ प्रयोग गर्न सक्दछौं,” स्ट्रम्केले भने ।

उनले यस्ता गणनाहरूको जटिलता मानिसका लागि असाध्यै गाह्रो भएको बताए । उनले भने, “हामीसँग यस्तो उपकरण छ, जसले कुनै पनि मानिसले गर्न नसक्ने काम गरेको छ ।”

स्ट्रमकेका अनुसार, एकै समयमा, अल्फाफोल्डको मामलाले हालको एआई मोडेलहरू जस्तै तथाकथित तन्त्रिका नेटवर्कको कमजोरीहरूमध्ये एक पनि प्रदर्शन गर्दछ। “तिनीहरू ठूलो मात्रामा जानकारी सङ्कलन गर्न र जवाफको साथ आउनमा धेरै निपुण छन्, तर त्यो उत्तर किन सही छ भनेर व्याख्या गर्न तिनीहरूको ज्ञान धेरै राम्रो छैन।”

त्यसैले अल्फाफोल्डले भविष्यवाणी गरेको २० करोडभन्दा बढी प्रोटिन संरचना ‘अत्यन्त उपयोगी’ भए पनि यसले हामीलाई माइक्रोबायोलोजीबारे केही पनि सिकाउँदैन,” स्ट्रम्केले भने ।

एआईद्वारा सहायता प्राप्त

स्ट्रम्केका विचारमा विज्ञानले ब्रह्माण्डलाई बुझ्न खोज्छ तर यो केवल ‘सही अनुमान लगाउने’ बारेमा मात्र होइन । तैपनि, अल्फाफोल्डले गरेको अभूतपूर्व कार्यले विज्ञहरूलाई नोबेल पुरस्कारका लागि अग्रपङ्क्तिमा उभ्याएको छ।

गुगल डीपमाइन्डका निर्देशक जोन जम्पर र प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक डेमिस हसाबिस सन् २०२३ मा प्रतिष्ठित लस्कर अवार्डबाट सम्मानित भइसकेका छन् । सन् २०२४ मा हुने रसायनशास्त्रको नोबेल पुरस्कारका लागि यो जोडीलाई शीर्ष स्थानमा राखिएको एनालिटिक्स समूह क्लेरिभेटले अक्टोबर ९ मा घोषणा गरेको थियो ।

अनुसन्धान समूहका प्रमुख डेभिड पेन्डलबरीका अनुसार सन् २०२१ मा जम्पर र हसाबिसको एउटा शोधपत्रलाई हजारौं पटक उद्धृत गरिएको भए तापनि नोबेल जुरीले प्रकाशनपछि यति छिट्टै उक्त कामलाई पुरस्कार दिनु अस्वाभाविक हुनेछ।

साथै, एआईद्वारा सहायता प्राप्त अनुसन्धानले सबैभन्दा प्रतिष्ठित विज्ञान पुरस्कारहरू जित्न धेरै समय लाग्ने छैन भन्ने विश्वास पेन्डलबरीको रहेको छ। पेन्डलबरीले एएफपीसँग भने, “आजकल अधिक आर्टिफिसियल इन्टेलिजेन्सको विकास भइरहेको छ । वैज्ञानिक गणनाका लागि तिनीहरूको अधिक प्रयोग भएको छ । अर्को दशकभित्र नोबेल पुरस्कारहरूका लागि एआइको दाबी रहनेछ भन्नेमा मलाई विश्वास लाग्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?