काठमाडौँ ।विद्युतीय गाडी बिवाइडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बाढी पहिरो पीडितको लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी प्रालिले ५१ लाख रुपैयाँ सहयोग गरेको हो । प्रालिका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग चेक हस्तान्तरण गरेका छन् ।
साइमेक्स इंकले पछिल्लो समय नेपालमा भारी वर्षासँगै गएको बाढीपहिरो पीडितका लागि सहयोग गरेको बताएको छ । साइमेक्स इंक सामाजिक उत्तरदायित्व बहनमा अग्रणी पहिचान बनाउन सफल छ ।