काठमाडाैं । होण्डा नेपालले हाल चलाईरहेको चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार“ अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही १ लाख नगद पुरस्कार जितेका छन् ।
कम्पनीको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले नगद पुरस्कार जितेका हुन् ।दशैं, तिहार र छठ पर्वको रौनक मनाउन सुरु गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको होन्डा नेपालको दाबी छ ।
सो योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होन्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् । विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो ।
विजेताहरूमा तिरुमाला मोटर्स एकान्तकुनाबाट सवारी साधन खरिद गर्ने निश्चल घर्ती, युनाइटेड माटर्स प्रा.लि. भरतपुर, चितवनबाट सवारी खरिद गर्ने प्रतिमा भण्डारी, आस्था ट्रेडर्स, वालिङ स्याङ्जाबाट सवारी खरिद गर्ने सन्तोष सुवेदी र के.डी. अटोमोवाइल्स, महेन्द्रनगर, कन्चनपुरका शान्ति साउद साउद रहेका छन्।
‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ योजना अझै चलिरहेको छ, जसले ग्राहकहरूलाई थप रोमाञ्चक नगद पुरस्कार जित्ने अवसर दिने कम्पनीले जनाएको छ । यो योजना होन्डा इजी फाइनान्समा पनि उपलब्ध छ ।