काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।
तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरू छनौट गरि प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।
प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितीयलाई रु. बीस हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशभरबाट इच्छुक सबैले यही कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् ।
कम्पनीका अनुसार प्रथम हुनेलाई नगद तीस हजार, द्वितियलाई बीस हजार र तृतीयलाई दस हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।टिकटक प्रतिस्पर्धामा कात्तिक १५ गतेसम्म सहभागी हुन सकिनेछ।