काठमाडौं। नेपाली बजारमा आइफोन १६ सिरिज किन्न पाउने भएका छन् । एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज स्मार्टफोनको मुल्य १ लाख ५२ हजार ५ सय रुपैयाँ देखि ३ लाख ८ हजार रुपैयाँ तय गरिएको छ ।
एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हुन् । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो।
काठमाडौंमा न्युरोडमा जोय स्टोर, इभोस्टो र बबरमहलमा रहेको ओलिभ स्टोरबाट आइफोन १६ का सिरिजहरू किन्न सकिनेछ भने उपत्यका बाहिर पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन १६का सिरिजहरू किन्न सकिनेछन् ।
यो सिरिज अन्तर्गत कुल चार मोडेल (आईफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स) रहनेछन्, जसको मूल्य मोडेल र क्षमता अनुसार फरक–फरक हुने उनले बताइन् ।
यसैगरी आइफोन १६ प्रोको साइज ६.३ इन्च र आइफोन १६ प्रो म्याक्सको साइज ६.९ इन्च छ । आइफोन १६ र आइफोन १६ प्लस १२८ जीबी, २५६ जीबी र ५१२ जीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् । आइफोन १६ प्रोका १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी चार भेरिएन्टमा उपलब्ध छन् । आइफोन प्रोम्याक्स भने २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् ।