काठमाडाैं। नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आफ्ना फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ ।
चाडपर्वको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीका फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग सुबिधा सुरु गरेको सिप्रदीले जनाएको छ ।
साथै टाटा मोटर्सले आफ्ना देश भरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने पनि जानकारी गराएको छ। आकस्मिक सेवाको लागि बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुनेछन । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।
निःशुल्क चार्जिङ्ग एक्प्रेस टीमा भने लागू हुने छैन । सिप्रदीको नेपालभरि १८५+ चार्जिङ्ग नेटवर्क र १६ वटाभन्दा धेरै सर्भिस सेन्टरहरू छन् । थप चार्जिङ्ग नेटवर्कको लोकेसनबारे यहाँबाट जानकारी लिन सकिने सिप्रदीले जनाएको छ ।