Trending:

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण नाडामा आउँदै दिपल एल ०७ प्रिमियम ईभी सेडान थाईल्यान्डमा नम्बर वान नेटा, नेपालमा कस्तो छ अवस्था ? रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न टिकटकलाई एलन मस्कले किन्न लागेका हुन् ? नेपाल टेलिकमका ग्राहक २ करोड ३० लाखभन्दा बढी सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन चीनले सञ्चालनमा ल्यायो ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ नेपाली आईटी कम्पनीहरूले अब विदेशमा लगानी गर्न पाउने टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’को हरेक बुकिङमा आकर्षक उपहार कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत नेपालपे क्युआरको अन्तरदेशीय भुक्तानी सहकार्य सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’ थाईल्यान्डमा नेटाको उपस्थिती कस्तो छ ? सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा अमेरिकामा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र व्हाट्सएपमा फ्याक्ट चेकिङ प्रोग्राम बन्द विद्युत् नियमन आयोगको ‘डीएमएस’ सञ्चालनमा भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो मोबाइल प्रयोगकर्ताको तथ्यांकमा बिलिङ प्रणालीका उत्पादक र बिक्रेतालाई पहुँच नदिनू: सर्वोच्च अदालत राइड सेयरिङ ‘सजिलो’मा यात्रा गर्ने ग्राहक र राइडर दुबैलाई नि:शुल्क बीमा नेपालमा सामसङको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल ताजा रगत खोज्न ‘मोबाइल एप्स’ सार्वजनिक एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी साइबरको माध्यमबाट ७८ लाख लुटियो ४१ लाख ५० हजार मूल्य पर्ने विद्युतीय ट्याक्सी ईभीईजी एक्समा इलन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’ दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता जागिरकाे प्रलाेभनमा फेसबुक, ह्वाट्सएपमा लिङ्क पठाएर ठगी गर्ने क्रम बढ्याे स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबिच भएको अन्तर बैंक भुक्तानी सम्झौता सम्पन्न ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा दराजमा १८% छुट अमेरिकाको न्यु अर्लिन्समा भीडमा कारको ठक्कर, १० जनाको मृत्यु नेपाल टेलिकमबाट भारत फोन गर्दा प्रति मिनेट ३ रूपैयाँ ७६ पैसा लाग्ने क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुन्डाई आयोनिक–५ ले बनायो गिनिज वर्ल्ड रेकर्ड ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १५० क्यासब्याक एमएडब्लु वृद्धि चांगानको ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’बाट सम्मानित सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ ‘इनोभेसन क्याम्पस’ नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध जापान एयरलाइन्समा साइबर आक्रमण एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो बजाज फाइनान्स मेला २०२४ सुरु अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने
अपडेट

फाइभजी सेवा नेपालमा कहिलेबाट शुरू होला?

फाइभजी सेवा नेपालमा कहिलेबाट शुरू होला?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौँ। लामो समयदेखि चर्चामा रहे पनि नेपालमा फाइभजी (5G) सेवा शुरू हुने छाँटकाँट अझै देखिएको छैन। उक्त सेवा शुरू हुन नसक्नुमा सेवा प्रदायकहरू र नियामक निकायले आआफ्नै तर्क गर्दै आएका छन्।

कतिपय जानकारले नेपालमा फाइभजी शुरू गर्न ढिलो हुन थालेको बताउने गरेका छन्। यद्यपि व्यापक लगानी चाहिने र फोरजी नै पूर्ण रूपमा विस्तार नभइसकेको अवस्थामा तत्काल फाइभजी सेवा उपलब्ध हुनेमा धेरैले आशङ्का व्यक्त गर्छन्।

नियामक निकाय दूरसञ्चार प्राधिकरणसँग अनुमति लिएर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न चरणमा फाइभजीको परीक्षण गरिसकेको प्रवक्ता हरि ढकाल बताउँछन्।

तर कहिलेबाट फाइभजी सेवा शुरू हुन्छ भन्ने प्रश्नको जवाफ अहिले सरकारी स्वामित्वको नेपाल टेलिकमसँग पनि छैन। “अहिले हामी “पर्ख र हेर”को अवस्थामा छौँ। हामीले लिने फ्रिक्वेन्सीको दस्तुर कति हुन्छ, लागत कति पर्छ भन्ने अन्योल छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने, “हामी कहाँकहाँ फाइभजी लन्च गर्न सक्छौँ, त्यसमा कति लगानी पर्छ, प्रतिफल कति आउँछ? यी कुरा प्रस्ट हुन बाँकी छ।”

उनका अनुसार फाइभजी सेवा सञ्चालनको इजाजतपत्र लिए बापत दूरसञ्चार प्राधिकरणलाई कति तिर्नुपर्छ भन्ने कुराको निर्क्यौल हुन सकेको छैन। “उदाहरणका लागि अहिले पाँच वर्षका लागि हामीले २० अर्ब रुपैयाँ तिर्ने गरेका छौँ। अब फाइभजीका लागि फ्रिक्वेन्सी लिए बापत कति तिर्नुपर्छ भन्ने कुरा हो,” प्रवक्ता ढकालले भने।

दूरसञ्चार प्राधिकरण के भन्छ?

फाइभजी सेवा शुरू हुन ढिलाइ हुनुमा आफूहरू जिम्मेवार नरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन्। उपनिर्देशक प्रदीप पौड्यालका अनुसार उक्त सेवा शुरू गर्न चाहिने फ्रिक्वेन्सी दिन प्राधिकरण तयार छ।

“फाइभजीका लागि चाहिने पहिलो कुरा फ्रिक्वेन्सी हो। त्यो हामीले पहिचान गरेर छुट्ट्याइसकेका छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने, “सेवा प्रदायकहरूले नेपाल सरकारलाई तिर्नुपर्ने बक्यौता सबै तिरेर आउनुभयो भने हामी तत्कालै फ्रिक्वेन्सी उपलब्ध गराउने अवस्थामा छौँ।”

बक्यौता नतिरेसम्म सेवा प्रदायकहरूलाई प्राधिकरणले फ्रिक्वेन्सी दिन नसक्ने उनले प्रस्ट पारे। फाइभजी फ्रिक्वेन्सीका लागि दस्तुर कति लाग्ने भन्ने कुरा अहिले नै थाहा नहुनु स्वाभाविक भएको प्राधिकरणका उपनिर्देशक पौड्यालको तर्क छ, “फाइभजी फ्रिक्वेन्सीका लागि पैसा कति लाग्छ भन्ने त बोलकबोल भएपछि थाहा हुने कुरा हो। मूल्य निर्धारण गर्ने भनेको उहाँहरूले नै हो।”

अधिकारीहरूका अनुसार नेपालमा पनि फाइभजी चलाउन सकिने मोबाइल फोन सेटहरू क्रमिक रूपमा बढ्दै छन्। सेवा प्रदायकहरूले लगानी गर्नासाथ प्रतिफल आइहाल्ने अवस्था नभए पनि केही न केही बजारको विकास हुँदै गएको छ,” उपनिर्देशक पौड्याल भन्छन्।

हाल फोरजी सेवा नै पूर्ण क्षमतामा देशभरि उपलब्ध नरहेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्। त्यो अवस्थाबारे पौड्याल भन्छन्, “त्यसैले फोरजीलाई पनि पूर्ण क्षमतामा लाँदै शहरका केही भागमा क्रमिक रूपमा फाइभजी विस्तार गर्नु रणनीतिक रूपमा ठीक हुने हाम्रो प्रारम्भिक अध्ययनको निष्कर्ष छ।”

के हो फाइभजी?

थ्रीजी, फोरजी र फाइभजी मोबाइल इन्टरनेटको गतिसँग सम्बन्धित छन्। फाइभजी हालसम्मकै सबैभन्दा विशिष्टीकृत मोबाइल नेटवर्कको पाँचौँ संस्करण (जेनरेशन) हो। सामान्यतया फाइभजी सिग्नलमा इन्टरनेटको गति द्रुत र क्षमता अधिक हुन्छ। जसले गर्दा सामग्री छिटै डाउनलोड र अपलोड हुन्छ।

यसको कभरेज बृहत्तर हुन्छ तथा कनेक्शन अझ बढी स्थिर हुन्छ। नयाँ प्रविधिको प्रयोग शुरू भएपछि मोबाइल इन्टरनेट प्रयोगकर्ताले हाल उपलब्ध टूजी, थ्रीजी वा फोरजीभन्दा सजिलो तरिकाले द्रुत डेटा चलाउन पाउने अधिकारीहरू बताउँछन्।

प्राविधिक रूपमा फाइभजी बढी विश्वसनीय ठानिने जानकारहरू बताउँछन्। फाइभजी सेवामा मोबाइल इन्टरनेटको गतिसँगै गुणस्तर पनि तुलनात्मक रूपमा राम्रो हुने बताइन्छ। यद्यपि यो जुनसुकै मोबाइल फोनमा चल्दैन। फाइभजी सेवा प्रयोग गर्न फाइभजी सिग्नल प्रशोधन गर्न सक्ने चिपसेट प्रयोग भएको मोबाइल आवश्यक हुन्छ।

मोबाइलमा फाइभजी ‘सपोर्ट’ गर्ने चिपसेट हुनुका साथै विभिन्न फाइभजी ब्यान्ड उपलब्ध हुनुपर्छ। भूगोल वा सेवा प्रदायकका अनुसार फाइभजी भिन्नाभिन्नै फ्रिक्वेन्सी ब्यान्डमा उपलब्ध हुन्छ।

मोबाइलमा फाइभजीको धेरै ब्यान्ड भएको खण्डमा उक्त मोबाइलमा विभिन्न फाइभजी प्रदायकहरूको सिम चल्छ।मोबाइलमा फाइभजी सिग्नलको विभिन्न ब्यान्ड भएको खण्डमा फाइभजीको कार्य क्षमता थप प्रभावकारी हुने बताइन्छ।

नयाँ बन्ने धेरैजसो फोनहरू फाइभजी सिम चल्नेगरी बन्छन्। साथै साबिकका विभिन्न मोबाइल फोन कम्पनीका नयाँ संस्करणहरू फाइभजी चल्नेगरी परिमार्जित गरिएका छन्।उत्पादकहरूले फाइभजी समर्थन गर्ने हो भन्ने बुझाउन फोनको नामको पछाडि फाइभजीको सङ्केत राख्ने गरेका छन्। बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?