Trending:

नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी
अपडेट

विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौं परीक्षण सफल

विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौं परीक्षण सफल
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौँ। विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौं परीक्षण सफल भएको छ । यस परीक्षणमा, पृथ्वीबाट ९६ किलोमिटरमाथि पठाइएको सुपर हेभी बुस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो ।

यस परिक्षणका क्रममा स्टारशिप पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गराइयो र हिन्द महासागरमा नियन्त्रित अवतरण गरिएको थियो । जब स्टारशिप पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, यसको गति २६ हजार किलोमिटर प्रति घण्टा थियो र तापमान १४३० डिग्री सेल्सियस पुगेको थियो ।

स्टारशिपको यो परिक्षण आइतबार साँझ टेक्सासबाट सुरु गरिएको थियो । स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा ‘स्टारशिप’ भनिन्छ । स्टारसिपमा ६ र्याप्टर इन्जिन छन् भने सुपर हेभीमा ३३ र्याप्टर इन्जिन छन् ।

विश्वका धनी व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो । स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी बूस्टरहरूलाई सामूहिक रूपमा ‘स्टारशिप’ भनिन्छ । यो रकेटको उचाइ ३९७ फिट रहेको छ । यो पूर्ण रूपमा पुन: प्रयोज्य छ र १५० मेट्रिक टन लोड बोक्न सक्षम छ । स्टारशिप प्रणालीले एकै पटक १०० जनालाई मंगल ग्रहमा लैजान सक्नेछ ।

स्टारशिपलाई पेलोड वितरण, चन्द्र मिशनहरू, अन्तरग्रहीय यातायात जस्ता कार्य गर्न सक्ने गरि बनाइएको छ । यो प्रक्षेपण महत्त्वपूर्ण छ किनभने यो स्पेसशिपले मात्र मानिसलाई अन्तरग्रहीय बनाउनेछ । अर्थात् यसको सहयोगमा पहिलो पटक पृथ्वीबाहेक अन्य ग्रहमा मानवले पाइला टेक्नेछ । मस्कले २०२९ सम्ममा मंगल ग्रहमा मानिस पठाउन र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । यो अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनामा पुर्‍याउन पनि सक्षम हुनेछ ।

मंगल ग्रहमा उपनिवेश स्थापना गर्नुपर्ने आवश्यकताबारे मस्क भन्छन्- ‘पृथ्वीमा जीवन समाप्त हुने घटनाले मानवताको अन्त्य निम्त्याउन सक्छ, तर यदि हामीले मंगल ग्रहमा आफ्नो आधार बनायौं भने मानवता त्यहाँ बाँच्न सक्छ।’ लाखौं वर्ष पहिले डायनासोरको पनि जीवन समाप्त हुने घटनाका कारण पृथ्वीमा मृत्यु भएको थियो । यसैबीच, प्रोफेसर स्टीफन हकिङले पनि २०१७ मा भनेका थिए कि यदि मानिस बाँच्न चाहन्छ भने १०० वर्षभित्र विस्तार गर्नुपर्नेछ ।

यो मिसन सफल हुनु पनि महत्त्वपूर्ण छ किनभने स्टारशिप स्पेसक्राफ्ट नासाको आर्टेमिस कार्यक्रमको हिस्सा हो। यसबाट मानिस ५ दशकपछि चन्द्रमामा फर्किनेछन् । स्टारशिपले चन्द्रमाको मिशनको अन्तिम चरण पूरा गर्नेछ।

यस अघि स्टारशिपको चौथो परीक्षण ६ जुन २०२४ मा भएको थियो, जुन सफल भएको थियो । यस परिक्षणमा, स्टारशिपलाई अन्तरिक्षमा लगियो, त्यसपछि पृथ्वीमा ल्याइयो र पानीमा अवतरण गरिएको थियो ।

परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिप जीवित रहन सक्छ कि सक्दैन भनेर हेर्नु थियो । परीक्षणपछि कम्पनीका सञ्चालक एलन मस्कले भनेका थिए, ‘धेरै टाईलहरू हराएको र फ्ल्यापमा क्षति पुगे पनि स्टारशिपले समुद्रमा सफ्ट ल्यान्डिङ गरेको थियो ।’

तेस्रो टेस्ट: पुन: प्रवेश पछि स्टारशिपसंग सम्पर्क बिच्छेद भएको थियो । यो परीक्षण १४ मार्च २०२४ मा भएको थियो । यो परिक्षण सफल नभएपनि स्टारशिपले कक्षामा पुगेपछि पेलोड ढोका खोल्यो र बन्द गरको, रकेट भित्र दुई ट्यांकहरू बीच धेरै टन तरल अक्सिजन सारिएको, स्टारशिप पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गरिएको जस्ता उपलब्धि हासिल भएको थियो ।

त्यस्तै स्टारशिपको दोस्रो परीक्षण १८ नोभेम्बर २०२३ मा गरिएको थियो । सुपर हेभी बूस्टर र स्टारशिपको पृथकीकरण सुरु भएको लगभग २.४ मिनेट पछि भयो र बुस्टर पृथ्वीमा फिर्ता अवतरण गर्नुपर्नेमा ३.२ मिनेट पछि ९० किलोमिटर माथि विस्फोट भयो । योजना अनुसार स्टारशिप अघि बढ्यो । करिब ८ मिनेटपछि पृथ्वीबाट १४८ किलोमिटर उचाइमा रहेको स्टारशिप पनि खराब भयो, जसका कारण यसलाई नष्ट गर्नुपरेको थियो । यो उडान टर्मिनेशन प्रणाली मार्फत नष्ट भएको थियो ।

दोस्रो परीक्षणमा, रकेट र स्टारशिपलाई अलग गर्न पहिलो पटक हट स्टेजिङ प्रक्रिया प्रयोग गरिएको थियो, जुन पूर्ण रूपमा सफल भयो । सबै ३३ र्याप्टर इन्जिनहरू पनि प्रक्षेपण देखि विभाजन सम्म ठीक तरिकाले फायर गरिएको थियो ।

त्यस्तै स्टारशिपको पहिलो परिक्रमा परीक्षण २० अप्रिल २०२३ मा गरिएको थियो । यस परीक्षणमा बूस्टर ७ र शिप २४ लन्च गरिएको थियो । उडेको ४ मिनेटपछि स्टारशिप मेक्सिकोको खाडीबाट ३० किलोमिटर माथि विस्फोट भएको थियो । न्यूज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?