काठमाडौं। फोनप्वाइन्ट्स र इसेवाबीच एक साझेदारी भएको छ । फोनप्वाइन्ट्स एक एकृकीत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो, जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्ने इसेवाले जनाएको छ ।
प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोग गर्ने अवसर फोन प्वाइन्टले प्रदान गर्दछ ।
फोनप्वाइन्ट्सका प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीक पार्टनरहरूसँग संलग्न भएर लोयल्टी प्वाइन्टस् आर्जन गर्न सक्नेछन् । जसअनुसार फोनप्वाइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लोयल्टी प्वाइन्टसलाई पनि एकृकीत गर्छ भने प्रयोगकर्तालाई ती प्वाइन्टहरु प्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्ने जनाइएको छ ।
फोन प्वाइन्टको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरू प्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ । फोन प्वाइन्टका सिइओ सागर पौडेलका अनुसार, यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ ।
यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोन प्वाइन्ट एपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ ।