काठमाडौँ। सामसुङले फोल्ड गर्न मिल्ने स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । फोल्ड गर्न मिल्ने गरी सामसुङले स्मार्टफोन अर्थात् Tri-fold स्मार्टफोन ल्याउने तयारी गरेको भन्ने खबर लामो समयदेखि चल्दै आएको थियो ।
चिनियाँ कम्पनी हुवावेले एक महिनाअघि मात्रै विश्वमै पहिलोपटक ट्राइफोल्ड स्मार्टफोन हुवावे मेट एक्सटी लञ्च गरेको थियो । सामसुङले अब हुवावेको उक्त स्मार्टफोनसँग ट्राइफोल्ड स्मार्टफोनको बजारमा पनि प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ ।
रिपोर्ट अनुसार सन् २०२५ मा सामसुंगको उक्त फोन लञ्च हुनेछ । कम्पनीको डिस्प्ले शाखाको तर्फबाट ट्राइफोल्ड स्क्रिनको विकासको काम भैसकेको छ । यद्यपि फोन लञ्च गर्न आधिकारिक मिति भने सार्वजनिक भएको छैन ।