Trending:

त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला
अपडेट

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित]

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित]
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

नेपाल दूरसञ्चार प्राधिकरणमा खरिदलगायत विविध विषय शंकास्पद देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि त्यसबारे छानबिन शुरू भएको छ ।

टेककागजलाई प्राप्त दस्तावेजअनुसार गत जेठ २४ मा अख्तियारमा अध्यक्ष भुपेन्द्र भण्डारीसमेतलाई प्रतिवादी बनाएर उजुरी परेको थियो ।

उजुरीमा भण्डारीले आफूखुसी खरिद प्रक्रियालाई अघि बढाएको र विनियमावलीमा छेडछाड गर्न खोजेको आरोप लगाइएको छ ।

सोही उजुरीका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ ३१ गते प्राधिकरणमा भ्रष्टाचार भएको हुन सक्ने भन्दै दस्तावेज मागेर अध्ययन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार मन्त्रालयले असार ९ गते ‘विवरण उपलब्ध गराइदिने’ विषयमा प्राधिकरणलाई एक पत्र लेख्दै ७ दिनभित्र खरिद र अन्य विवरणका कागजपत्रहरू मागेको थियो ।

टेककागजलाई प्राप्त पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प.सं. ४ संचार ३५७।०८०।८१. च.नं. ७०३३९. मिति २०८१।०२।३१ को पत्रानुसार आयोगमा उ. दनं. ८-०७६९२८ मिति २०८१/०२/२४ मा दर्ता भएको उजुरी यसैसाथ संलग्न छ । उक्त उजुरीबाट व्यहोरा अवगत गरी उजुरीमा उत्ल्लेखित विषयमा के कसो भएको हो? तहाँको राय प्रतिक्रिया सहित सम्बन्धित कागजातहरूको प्रमाणित प्रत्तिलिपि ७ (सात) दिन भित्र यस मन्त्रालयमा आइपुग्ने गरी उपलब्ध गराइदिनु हुन निर्णयानुसार अनुरोध छ ।’

हेर्नुहोस् मन्त्रालयले पठाएको पत्र:

 

यसबारे आवश्यक कागजात मन्त्रालयमा बुझाइसकिएको प्राधिकरणका एक कर्मचारीले बताए । ‘हामीले त्यतिबेलै सबै बुझाएका हौँ । त्यसबारे अनुसन्धान हुँदै होला,’ उनले भने ।

यता मन्त्रालयले भने प्राधिकरणले पठाएका कागज पत्रहरू अध्ययन गरेर अख्तियार पठाइएको दाबी गरेको छ ।

‘दस्तावेजमा केही कैफियत देखिएको हुँदैनथ्यो भने हामीले सोहीअनुसार अख्तियारलाई पत्र लेख्थ्यौं । तर भ्रष्टाचारजन्य गतिविधि भएको जस्तो देखियो । त्यसैले हामीले सबै कागज अख्तियारमा पठाएका छौं । त्यहाँबाट अनुसन्धान हुँदैछ,’ मन्त्रालयसम्बद्ध स्रोतको दाबी छ ।

गत वर्ष २०८० को चैतको दोस्रो साता मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाका उपनिर्देशक अच्युतानन्द मिश्रलाई प्रतिवादी बनाइएका थिए ।

अहिले उक्त भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन छ ।

त्यसपछि पनि ठूलो घोटाला भएको आशंकामा अख्तियारले छानबिन गरिरहेको हो । अहिलेका अध्यक्ष भुपेन्द्र भण्डारी पनि अनियमिततामा मुछिएको हुन सक्ने अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?